Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निजी शैक्षिक संस्थाहरुले प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनु पर्छ :प्याब्सन अध्यक्ष पुरी
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजी शैक्षिक संस्थाहरुले प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनु पर्छ :प्याब्सन अध्यक्ष पुरी

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0
निजी शैक्षिक संस्थाहरुले  प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनु पर्छ :प्याब्सन अध्यक्ष पुरी
140
SHARES
ShareTweet

बुटवल १८ पुस
निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले नीजि क्षेत्रवाट संचालित शैक्षिक संस्थाहरुले अव प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउने गरि शिक्षा ऐनमा परिमार्जन गराईने बताउनु भयो ।
उहाँले सरकारसंग वार्ता र छलफलद्धारा शिक्षा ऐन निजी क्षेत्रको पक्षमा ल्याउन पहल गर्ने त्यो नभए आन्दोलन गरेर भए पनि सरकारलाई झुकाउने बताउनु भयो ।
निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन रुपन्देहीको १७ औ साधारण सभामा शुक्रवार वोल्दै नीजिमा अध्ययन गरेका विद्यार्थीहरुलार्ई उच्चशिक्षा अध्ययनमा सरकारले दिने छात्रवद्धि सुविधा नपाउने वर्तमान व्यवस्थालाई अन्त्य गरि सरकारी र नीजि जुनसुकैमा अध्ययन गरेकाले पनि समान रुपमा सुविधा लिन पाउने गरि ऐनमा संशोधन गराएरै ल्याईने अध्यक्ष पुरीले बताउनु भयो ।
अध्यक्ष पुरीले अहिलेको शिक्षा नीतिमा आफुहरुको धेरै माग सम्बोधन हुने नेपालको निजि क्षेत्रबाट शिक्षाको भुमिका बारे सरकार पक्षलाई बुझाउन पहल गरिरहेको समेत बताउनु भयो ।
सबै निजी विद्यालयको आर्थिक अवस्था एउटै नहुदा सरकारी सेवासुविधा शिक्षकहरुलाई दिनुपर्ने, सरकारबाट कक्षा १० सम्म निशुल्क शिक्षाको कुरा कार्यान्वन गर्न नसक्ने भन्दै अब्यवहारिक नीति हटाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
उहाँले विगतमा देशको नीति बनाउने तहमा बसेका ब्यक्तिहरु विदेशीको पैसा खाएर नेपाली शिक्षा तहसनहस गर्न खोज्दा अहिलेको कठिन अवस्था आएको भन्दै नेपालको निजि क्षेत्रबाट शिक्षाको भुमिका बारे सरकारलाई बुझाउन पहल गरिरहेको बताउनु भयो ।
हल्ला गर्ने भन्दा पनि विद्यालय बचाउन आफुहरु संस्थागत र नितिगत रुपमा लागेको बताउदै उहाँले निजि क्षेत्रलाई अपहेलना र विभेद भएको भन्दै त्यसलाई हटाउने गरि नीति ल्याउन पहल भैरहेको धारणा राख्नु भयो ।
यसैगरि प्याब्सनबाट सामाजिक सुरक्षा कोषमा जान चाहनेलाई बाटो खोलेको उहाँले दाबी गदै सरकारको यो नितिमा रोजगारदाता र रोजगारकर्ता दुबै पक्ष खुशी नभएको धारणा राख्नु भयो । उहाँले नीजि विद्यालयको भविस्य सुनिश्चितका लागि अव नीजि क्षेत्रले शैक्षिक ज्ञानका साथै सिप र प्रविधीमा जोड दिनु पर्ने बताउनु भयो ।
प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाले शिक्षा ऐन नीजि क्षेत्रको पक्षमा नआए नीजि विद्यालयको भविस्य अन्यौल हुने बताउनु भयो ।
उहाँले सामाजिक सुरक्षा कोषको नीतिगत रुपमा विरोध गर्नु हुदैन तर अहिलेकै अवस्थामा यो लागु हुनै सक्दैन ।
उहाँले श्रमिक नै सामाजिक सुरक्षा कोषको पक्षमा नभएको बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले शैक्षिक सहभागितामा महत्वपुण योगदान ,गुणस्तरिय शिक्षामा टेवा र सामाजिक क्षमता विकासमा नीजि क्षेत्रले महत्वपुर्ण भुमिका प्रदान गरेको बताउनु भयो ।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलको अधयक्षतामा भएको कार्यक्रममा पुस्तक तथा स्टेशनरी ब्यावसायी संघ रुपन्दहीका जिल्ला अध्यक्ष त्रिलोचन ज्ञवाली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, प्याब्सन प्रदेश ५ का अध्यक्ष राम प्रसाद पाण्डे, डा. ज्ञानदेव हटुवाल प्याब्सन रुपन्देहीका उपाध्यक्ष अनन्तराम शर्मा ,सचिव लक्ष्मण ज्ञवाली लगायतले नीजि क्षेत्रले शैक्षिक गुणस्तरमा महत्वपुण योगदान पुराएकोले नीजि क्षेत्रका सुझाव मनन गरि अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।
प्याब्सनमा रहेर शिक्षा क्षेत्रको विकास र विस्तार गर्नु भएको र विद्यावारिधी हासिल गर्नु भएको भन्दै डा ज्ञानदेव हटुवाललाई अभिनन्दन गरिएको हो ।

≪ Previous Post

हिउंदे बर्षाका कारण ४ करोड ७५ लाख काँचो तयारी इटा नष्ट

Next Post ≫

वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क