Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0
संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग
70
SHARES
ShareTweet


बुटवल, १८ पुस । समाजवादी मगर संघ नेपालले हालको प्रदेशहरुको सीमांकन आदिवासी जनजातिहरुलाई विभाजन गर्ने गरी अन्यायपूर्ण र अवैज्ञानिक भएकाले संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग गरेको छ । समाजवादी पार्टी निकट संघले अन्तरिम संविधान २०६३ तथा आदिवासी जनजाति र मधेश आन्दोलनको भावना अनुसार राज्य पुनःसंरचना आयोगको सिफारिस अनुसार पहिचानका पाँच र सामथ्र्यका चार आधारमा प्रदेशहरुको सीमांकन हुनुपर्ने माग गरेको हो ।
मगरहरुको सघन वस्ती भएका १६ जिल्लालाई समेटेर स्वायत्त मगरात प्रदेश बनाइनुपर्ने तथा प्रदेश ५ को नामाकरण मगरात–थरुहट बनाउन चरणवद्ध अभियान चलाइने समाजवादी मगर संघका केन्द्रीय अध्यक्ष बोम दर्लामीले बताउनुभयो ।
संघको यही पुस १९ गते तानसेनमा हुने प्रादेशिक भेलापछि संविधान संशोधन गरी पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरुको नयां सीमांकन गर्न माग गर्दै सरकार र सरोकारवालासंग डेलिगेसन जाने, विचार मिल्ने राजनीतिक दल र व्यक्तित्वसंग अन्तर संवाद गर्ने लगायतका कार्यक्रम दवावमूलक ढंगले अघि बढाइने दर्लामीले बताउनुभयो ।
‘अहिले गरिएको प्रदेशहरुको सिमांकन र अन्य प्रदेशका नामाकरण पञ्चायती व्यवस्थाका जस्तै छन्’–समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका दर्लामीले भन्नुभयोे–‘हामी यस्तो अवैज्ञानिक सिमांकन र नाम मान्दैनौं, पहिचान र अधिकारका लागि आन्दोलनमा जान्छौं ।’
समाजवादी मगर संघ नेपाल प्रदेश ५ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दर्लामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीले मुलुकमा भ्रष्टाचार मात्रै बढाउने र संघीयताप्रति जनतामा वितृष्णा बढाउने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान संविधान संशोधन अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका प्रदेश सह–इन्चार्ज नविन सुनुवारले तत्कालीन राज्य पुनःर्संरचना आयोगको सुझाव अनुसार पहिचान र सामथ्र्यका आधारमा ११ प्रदेश बनाउनुपर्ने र स्थानीय तह तथा प्रदेश सभा सदस्यको संख्या आधा कटौति गर्नुपर्ने पार्टीको अवधारणा रहेको बताउनु भयो ।
समाजवादी मगर संघका प्रदेश ५ संयोजक चोपलाल राहुल मगरले प्रादेशिक भेलामा प्रदेशका १२ वटै जिल्लाबाट करिब सय जना प्रतिनिधि सहभागी हुने र भेलाले मगरात प्रदेश सिमांकन र नामाकरणका लागि चरणवद्ध आन्दोलनका कार्यक्रम तय गर्ने बताउनु भयो । पत्रकार सम्मेलनको सञ्चालन समाजवादी मगर संघका केन्द्रीय सचिव तेजु रानाले गरेका थिए ।

≪ Previous Post

भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण : कोइराला

Next Post ≫

हिउंदे बर्षाका कारण ४ करोड ७५ लाख काँचो तयारी इटा नष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क