Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण : कोइराला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण : कोइराला

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0
भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण : कोइराला
90
SHARES
ShareTweet

पार्टी नेतृत्वले सबैलाइ मिलाएर लैजानु पर्नेमा जोड



बुटवल, १८ पुस । नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताउनुभएको छ ।
काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सरकारका कमीकमजोरी औल्याइदिनेका आवाज बन्द गर्दै सरकारले नजिकका भ्रष्टाचारी र अपराधी संरक्षणका लागि सहज बातावरण तयार गरिरहेको बताउनुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले बिहिबार विहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेतस कोइरालाले देशमा भएका ठुलठुला भ्रष्टाचार र अपराधका घटनामा सरकार नजिकका मान्छेहरु परेकाले तीनको संरक्षण गर्ने र जनताको आवाज बन्द गर्ने नियत सूचना प्रविधि लगायतका बिधेयकहरुमा स्पष्ट देखिएको बताउनु भयो ।
संघिय संसदकी सांसद समेत रहनु भएकी काँग्रेस केन्द्रिय सदस्य कोईलाले भन्नुभयो –‘कानुन सबैकालागि बराबर हुनु पर्छ । आफु भ्रष्टाचार गर्ने । कमिकमजोरीहरु गर्दै जाने अनि त्यसका बिरुद्ध जनतालाइ बोल्नै नदिने ।’
समाजिक संजाल र सञ्चार माध्यमहरु नियमन र संयमित हुनु पर्छ भन्ने पक्षमा आफु रहेपनि हालै पास गरिएको सूचना प्रविधि बिधेयक भने सरकारका गलत क्रियाकलापका बिरुद्ध उठिरहेका आवजलाइ दबाउनकै लागि ल्याइएको उहांको दाबी छ ।

‘सरकार र उसका मान्छेहरुले जे गरेपनि हुन, एउटा पक्षलाइ खेद्न र कमीकमजोरी औल्याइदिने जनतालाइ नै चुप लगाउन कानुन बनाउने सरकारले मुलुकमा कसरी समृद्धि ल्याउछ ?’ भन्ने प्रश्न गर्दै नेतृ कोईरालाले सरकारको यस्तै रबैया रहिरहे प्रजातन्त्र नै मासिने खतरा आउन सक्ने औंल्याउनु भयो ।
निर्मला पन्तका बलत्कारी र हत्यारा बिरुद्ध सरकार र सरकार नेतृत्वको पार्टीका सभासदहरु समेत चुइक्क नबोल्नुले सरकार र नेकपा जनताको पक्षमा नभइ आफ्नो पार्टी हितका पक्षमा मात्रै लागेको आरोप कोइरालाको छ ।
पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनुभएकी कोइरालाले सरकारलाइ सच्चिन आग्रह गर्दै निर्मला हत्या, वाइडबडी, बालुवाटार, यतिकाण्डलगायतका काण्डै काण्ड मच्चाएर सरकारले के गर्न खोजेको हो भन्ने प्रश्न गर्नुभयो ।
नेतृ कोइरालाले आन्तरिक बिबाद त्यागेर एक ढिक्का हुन नसके काँग्रेस आगामी निर्वाचनमा झन कमजोर हुने टिप्पणी गर्नुभयो । बिधानले नै पार्टी र नेताहरुलाइ बलियो बनाउने भन्दै उहांले पार्टी नेतृत्वले सबैलाइ मिलाएर लैजानु पर्नेमा जोड दिनुभयो ।
केन्द्रमा बिबाद भयो भनेर त्यसैको सिको नगर्न जिल्लाका नेताहलाइ आग्रह गर्दै उहांले मिलेर अगाडी बढ्न र पार्टीलाइ जिल्ला स्तरबाटै बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलन युनियनका जिल्ला सभापति रेखा भुसालको अध्यक्षता र सह सचिव कल्पना तिवारीको संचालनमा भएको थियो ।

≪ Previous Post

राममणि क्याम्पसमा जिल्लास्तरीय फूटबल प्रतियोगिता

Next Post ≫

संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क