Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडक खाना महोत्सव साढे दुई लाख दर्शकद्धारा अवलोकन ६ करोड बढीको कारोवार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक खाना महोत्सव साढे दुई लाख दर्शकद्धारा अवलोकन ६ करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
सडक खाना महोत्सव साढे दुई लाख दर्शकद्धारा अवलोकन ६ करोड बढीको कारोवार
120
SHARES
ShareTweet

बुटवल १६ पुस
बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवको साढे दुई लाख दर्शकले अवलोकन गरेका छन । तीन दिने सडक खाना महोत्सवमा ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुलीले बताउनु भयो । खाना महोत्सवको पहिलो दिन ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र ८० लाखको कारोवार भएको थियो । त्यस गरि दोस्रो दिन १ लाख दर्शकले अवलोकन गरि साढे दुई करोडको कारोवार भएको संघका महा सचिव माधव कुमार खनालले बताउनु भयो । महोत्सवको अन्तिम दिन बुधवार १ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको कारोवार हुने अपेक्षा गरिएको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएकोमा अत्यन्तै सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक समुन्द्र जिसीले बताउनु भयो । खाना महोत्सवमा सोचे भन्दा बढी दर्शकको आगमन भएको कारोवार पनि उल्लेख्य भएको भन्दै अध्यक्ष जिसीले महोत्सव सफल वनाउन सवै क्षेत्रवाट भएको सहयोगको उच्च सम्मान गदै धन्यवाद समेत दिनु भएको छ ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु ,मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईएकोले यसक्षेत्रको रौनक नै पृथक बनेको थियो । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको थियोे ।
सडकलाई दुलही झै सिगारिएकोले बुटवलको रौनक नै बदलिएको अनुभुर्ति दर्शकहरुले गरेका थिए ।
महोत्सवमा तिनै दिन सहभागि हुनु भएका दर्शक, पत्रकार तथा स्थानिय वासिन्दा दीपक न्यौपानेले सडक खाना महोत्सवले यस क्षेत्रमा रौनक ल्याएको बताउदै खानाको परिकारमा नयाँपन ल्याउन सुझाव दिनु भयो ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ संचालित सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका थिए ।
वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांया सडक खाना महोत्सव स्थलमा खानाका परिकारले सजाएर निकै सुन्दर बनाईएको थियो । खानाका परिकार संगै राष्टिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुति

≪ Previous Post

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

Next Post ≫

राममणि क्याम्पसमा जिल्लास्तरीय फूटबल प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क