Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार
110
SHARES
ShareTweet

यमलाल भुसाल



बुटवल, १६ पुस । अँग्रेजी नयाँ बर्षको अवसरमा बुटवलमा सञ्चालित ३ दिने दोस्रोे सडक खाना महोत्सव बुधबार सकिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको सडक खाना महोत्सवमा साढे दुई लाख दर्शकले अवलोकन गरेका र ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार खाना महोत्सवको पहिलो दिन ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने ८० लाखको कारोवार भएको थियो ।
संघका महासचिव माधव कुमार खनालले दोस्रो सडक खाना महोत्सव ऐतिहासिक रुपमा सफल भएको बताउनुभयो । महोत्सवमा संघको अपेक्षा अनुरुप उल्लेख्य दर्शकहरुको सहभागिता रहेको र कारोवार पनि निकै राम्रो भएको महोत्सव प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले नेपाल सरकारको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरेको हो ।
महोत्सव आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक समुन्द्र जिसील खाना महोत्सवमा सोचे भन्दा बढी दर्शकको आगमन संगै कारोवार पनि निकै राम्रो भएको बताउदै महोत्सव सफल वनाउन सवै क्षेत्रवाट राम्रो सहयोग भएको बताउनु भयो ।

सडक खाना महोत्सवमा जातिगत रुपमा थारु,मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकाहरुका साथै इण्डियन, चाईनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको थियोे ।
महोत्सवमा नियमित सहभागि भएका दर्शक, पत्रकार तथा स्थानीय वासिन्दा दिपक न्यौपानेले सडक खाना महोत्सवले यस क्षेत्रमा रौनक ल्याएको बताउदै खानाको परिकारमा थप नयाँपन ल्याउनुपर्ने सुझाव दिनुभयो ।
अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ संचालित सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका थिए ।
वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांयाँ स्टल वनाएर खानाका परिकारहरु राखिएको थियो । सडक खाना महोत्सवमा खानाका परिकार संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

≪ Previous Post

राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम

Next Post ≫

सडक खाना महोत्सव साढे दुई लाख दर्शकद्धारा अवलोकन ६ करोड बढीको कारोवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क