Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत
80
SHARES
ShareTweet

आमा नृत्यमा बुटवलकी मेनुका राई प्रथम



बुटवल, १६ पुस । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देबीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको बुटवल उद्योग बाणिज्य संघले सरकारले अंगाडी सारेको पर्यटन वर्षलाई सफल गराउन तीन बिदेशी नागरिकलाई नेपाल भ्रमणको निम्तो सहित उनीहरुलाई मेलामा स्वागत गरिएको हो ।
मेला अवलोकनका लागि बुधबार मेला स्थल आएका रसियन नागरिक मेरिना र भारतीय नागरिक दिल्लीका अशोक भयानालाई संघका अध्यक्ष खिमबहादुर हमाल, निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद ओझा, संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजु लगायतले स्वागत गर्नुभएको थियो ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि मेलाको प्रवेशद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको छ । सरकारले अंगाडी सारेको नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै मेलामा यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रम गरिएको संघका बाणिज्य उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उप–संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो ।
यस्तै बुधबार मेला अवलोकनकालागि सिद्धार्थनगर उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघको टोली मेलामा आएको थियो । त्यस्तैगरी बुटवलका जनप्रतिनिधिहरुले पनि मेलाको स्थलगत अवलोकन गरेका थिए । त्यस्तै प्रदेश पाँच कृषि मन्त्रालयबाट आएको कर्मचारीहरुको टोलीले कृषि सम्बन्धि स्टलहरुको बारेमा जानकारी लिएको थियो ।
यसैबिच बुटवलको देवीनगरमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको ‘आमा नृत्य प्रतियोगिता’मा मेनुका राई प्रथम हुनु भएको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सातौं दिन बुधबार आयोजना गरिएको आमा नृत्य प्रतियोगितामा सहभागि १५ प्रतिस्पर्धीलाई पछाडी पार्दै राई प्रथम हुनु भएको हो ।
त्यस्तैगरी प्रतियोगितामा कल्पना डुम्रे ज्ञवाली द्वितीय, तृतीय सोनी थापा र सुस्मा पोखरेल सान्त्वना हुनु भएको छ । प्रतियोगितामा प्रथम राईलाई १० हजार, द्वितीय ज्ञवालीलाई ६ हजार, तृतीय थापालाई ४ हजार र सान्त्वनाहुने पोख्रेललाई २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, लोक तथा सांस्कृति कार्यक्रम संयोजक टंकप्रसाद गैरे, आमा नृत्य प्रतियोगिताका संयोजक रमेश खनालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै बुधबार लोक गायक जीवन शर्मा, लोक दोहोरी गायक बद्रि पंगेनी, धनबहादुर गुरुङ्, निरु गुरुङ्, आधुनिक गायक पुष्पन प्रधान, अमित बराल, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुति रहेको थियो । त्यस्तै बुधबार नै भएको गाउँले प्रितम र शर्मिला टोली र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बिचको दोहोरी प्रतियोगितामा प्रदेश समिति बिजयी भएको छ । त्यस्तै बिहिबार जुनकीरी दोहोरी साँझ काठमाण्डौ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको बिचमा दोहोरी प्रतिस्पर्धा हुने छ भने लोक तथा दोहोरी गायक राजु परियार, सपना गाहा, बन्दना पाण्डे, रामप्रसाद पाण्डे, आधुनिकमा रितु कंडेल र भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुति रहने छ ।

≪ Previous Post

फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

Next Post ≫

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क