Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु
60
SHARES
ShareTweet

नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना



बुटवल, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले भब्यताका साथ स्वागत गरेका छन् ।
नेपालमा पनि विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर युवा जमातले अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका छन् । विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०२० का शुभकामनाले भरिएका छन् । नयाँ वर्षकै अवसरमा नयाँ बर्षको अघिल्लो दिन विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो भने आज पनि विभिन्न कार्यक्रम गरिदै छ ।
नेपालका विभिन्न पर्यटकीय स्थल, होटल तथा रिसोर्टहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भएका थिए ।
नयाँ वर्षको पूर्वसन्ध्यामा मंगलबारराति काठमाण्डौ, पोखरा, बुटवल, चितवनको सौराहालगायतका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम आयोजना भएका थिए । त्यस्ता कार्यक्रममा नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थियो ।
सन् २०२० को पहिलो दिन आज पनि देशका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएका छन् । ईसापुर्व २००० बर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको मानिन्छ । यस्तै रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ ।

नेपालमा पनि नयाँ बर्षको शुरुवात संगै भिजिट नेपाल २०२० शुरु भएको छ । नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य सहित भिजिट नेपाल २०२० शुरु गरिएको हो ।

≪ Previous Post

आज राष्ट्रिय मेलमिलाप दिवस

Next Post ≫

फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क