Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0
तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा
100
SHARES
ShareTweet


तिलोत्तमा, १५ पुस । तिलोत्तमा नगरपालिकाको वडा नं. ९ मा मंगलबार वृहत् सरसफाई गरिएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियान संचालन गरेको नगरपालिकाले मंगलबार ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा गरेको हो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा नगरस्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।
वडाका विभिन्न टोलहरुमा गरिएको सघन सरसफाईबाट झण्डै चार ट्रेक्टर पोलोथिनजन्य फोहोर व्यवस्थापन गरिएको वडाध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो । झण्डै १५ सय वडाबासीको सहभागिता रहेको सरसफाई कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरे, वडाध्यक्ष नारायण न्यौपानेलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, प्रहरी, आमा समूह, क्लव, विद्यालय, बैंक, सहकारीलगायतको संस्थागत सहभागिता रहेको थियो ।
वडा सदस्य, कर्मचारी, नगरपालिकाको साझेदार संस्था सिम नेपाल लगायतको टिम सरसफाईमा खटिएको थियो । अभियन्ताहरुले सडक, कुलो, नहर, बिद्यालय परिसर, सार्वजनिक क्षेत्रको पोलोथिनजन्य फोहोर संकलन गरेका थिए ।


कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पोलोथिनजन्य फोहोरले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाइएको बताउनुभयो ।
पछिल्लो समय तिलोत्तमालाई शुन्य पोलिथिन क्षेत्र बनाउन सिम नेपालले सरोकारवालाहरुको सहयोगमा ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा सहितको अभियान चलाएको छ । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियन्ता निपेश ढाकाले बताउनुभयो ।

≪ Previous Post

ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री

Next Post ≫

‘बी.पी.को मेलमिलापको नीति थप सान्दर्भिक’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क