Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0
कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने
90
SHARES
ShareTweet

कमल सिंह चौधरी



कपिलवस्तु, १४ पुस । विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने भएको छ । थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा –८ कपिलबस्तुको आयोजनामा माघ ३ र ४ गते जिल्लाको मोर्मी स्थित उदयपुर स्कुलमा तेस्रो वडा स्तरिय माघी महोत्वस हुने थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका उपाध्यक्ष संक्रान्ती थारुले जानकारी गराउनुभयो ।
महोत्सवमा आदिवासी जनजाति समुदायकोे भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकारका स्टल रहनेछन् । महोत्सवमा थारु, मगर, गुरुङ्ग लगायतका विभिन्न समुदायका विभिन्न नाच तथा झाँकीको समेत प्रदर्शनी गरिनेछ ।
विशेषगरी महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स हुने छन्, भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन यस बर्ष मगर, गुरुङ्ग लगायत अदिवासी जनजाति समुदायको विविध संस्कृतिक कार्यक्रम समेत समावेस गरिएको अयोजकले जनाएको छ ।
माघी नजिकिएसँगै यतिबेला थारु गाउँ बस्तीहरुमा छुट्टै रौनकता छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगायतका थारु बस्तीमा माघीको रौनकता बढेको हो । साथै माघी पर्व नजिकिदैै जाँदा विभिन्न ठाउँमा स्टेज माघी महोत्सवलाई लक्षित गरेर स्टेज कार्यक्रमको चहल पहल पनि बढ्न थालेको छ ।
कपिलबस्तुका विभिन्न स्थानमा वडा स्तरिय, नगर स्तरिय र जिल्ला स्तरिय थारु माघी महोत्सवको तयारी तिब्र भएको थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनुभयो ।

≪ Previous Post

नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन

Next Post ≫

मायादेवी गाउँपालिका : खोप अघि बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क