Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0
नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो
70
SHARES
ShareTweet

केन्द्रीय समितिको कार्यकाल एक बर्ष र तरुण दलको म्याद छ महिना थप



काठमाडौं, ११ पुस । नेपाली काँंग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिबेशनको मिति तोक्नुका साथै बहुमतका आधारमा आफ्नो कार्यकाल एक वर्ष थप्ने निर्णय गरेको छ ।
समितिको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिने भए पनि केन्द्रीय समिति बैठकले कार्यकाल एक वर्ष थप्ने निर्णय गरेको हो । पार्टी विधानमा भएको व्यवस्थाअनुसार बैठकले केन्द्रीय समितिको कार्यकाल २०७७ फागुन १९ सम्म थप्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाल तरूण दलको म्याद छ महिना थप्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । जितजंग बस्नेत नेतृत्वको तरूण दलको म्याद गत कात्तिकमा सकिएको थियो । प्रवक्ता शर्माका अनुसार केन्द्रीय समिति बैठकले २८ विभागलाई बढाएर ४७ पुर्याउने निर्णय पनि गरेको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाँक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् ।
बैठकले १४ औं महाधिवेशनको कार्यतालिका समेत बनाएको छ । जसअनुसार अन्तरिम संरचनाको काम यही पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघदेखि बैशाखसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ ।
महाधिवेशनको कार्यतालिकाअनुसार २०७७ असोज मसान्तसम्म नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि तोकिएको छ । निर्वाचन सम्वन्धि सवै प्रकृया पुरा भएपछि अधिवेशनहरु सुरु हुनेछ ।
जसअनुसार २०७७ मंसिर ९ गते वडा, ११ गते गाउँ नगर, १५ गते प्रदेशसभा क्षेत्रीय, १७ गते प्रतिनिधिसभा क्षेत्रीय र २५ गते जिल्ला अबिधेशन हुने छ । यस्तै २०७७ पुस १५ गते प्रदेश अबिधेशन र फागुन ७, ८, ९ र १० गते केन्द्रीय महाधिबेशन हुने छ ।

≪ Previous Post

सिमा समस्या कुटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्छाै :मुख्यमन्त्री गुरुङ

Next Post ≫

सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क