Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिमा समस्या कुटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्छाै :मुख्यमन्त्री गुरुङ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिमा समस्या कुटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्छाै :मुख्यमन्त्री गुरुङ

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0
सिमा समस्या कुटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्छाै :मुख्यमन्त्री गुरुङ
100
SHARES
ShareTweet


पोखरा, ११ पुस । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सीमा समस्या कुटनीतिक रुपमा पहल नभए अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ ।
विहीबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले भन्नुभयो – ‘हाम्रो पार्टी र सरकारले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता र भारतीय सुरक्षाकर्मी फिर्ताका लागि पहल गरेको छ । अहिलेसम्म कुनै पनि सरकारले नगरेको काम भारत सरकारलाई नोट पठाउने काम गरेको छ । अब कुटनितिक पहलबाट समस्या हल नभएर हाम्रो पार्टीले यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्छ ।’
ज्ञापन पत्रको बारेमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश इन्चार्ज चन्द्रहरि सुवेदीले व्याख्या गर्नुभएको थियो भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष नेत्र रानाभाटले ज्ञापन पत्र पढेर मुख्यमन्त्रीलाई बुझाउनुभएको थियो ।
ज्ञापन पत्रमा भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका भूमि कुटनीतिक पहल गरेर फिर्ता गर्नुपर्ने र त्यसो नगरे कडासंघर्षमा उत्रिने चेतावनी दिइएको छ । त्यसैगरी नेपाली भूमिमा रहेको भारतीय सुरक्षाकर्मी पनि तत्काल फिर्ता गराउन माग गरिएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश ४ ले मुख्यमन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

≪ Previous Post

संविधानमा नेपालको नक्शा खोई ? :सिपी गजुरेल

Next Post ≫

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क