Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राजनीति ≫ मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0
मन्त्रीमण्डल फेरिने कुरा हल्ला हो: कृषिमन्त्री खनाल
70
SHARES
ShareTweet

१७ असार,बुटवल ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुदैन,अरुलाइ पालो पनि दिनुपर्छ,मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन ।’उनले रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले बजार हल्लामा त नसुनिएको नाम नै कुन मन्त्रीको छ र ? भन्दै प्रश्न गरे ।
‘आलोपालोमा सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’ ः
उनले भने—‘पार्टीमा गज्याङमज्याङ छ ,बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ ,जवज र २१ शताब्दीको जनबाद दुइवटै परिमार्जन रुप नै जनताको जनबाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ ।’
तत्कालीन अवस्थामा दुइ पार्टीबिच पार्टी एकता पनि गरांै,सरकार आलोपालो पनि गरौं भनिएकै हो तर अहिले बेला भएको छैन,अढाइ बर्ष त भएको छैन नी ।’ उनले भने ।
पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए ।

पार्टी एकतापछि ३ वटा कुरा चर्चामा छन् उनले भने —बैचारिक एकता,सांगठनिक कुरा ,सरकार र नेतृत्व आलोपालो ।’
मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबि गरे । सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले तर भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे ।
भन्सारमा दलालको बिगबिगी ः
सरकारले कृषिमा छुट्याएको २८ अरब बजेट मध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पूजिगत बजेट २ अरब रहेको जानकारी दिए ।
कृषि मन्त्री खनालले खाद्य,प्लान्ट,पशु क्वारेन्टाइनको रिर्पाेटपछि भन्सार हुनुपर्ने भन्दै नेपालमा भन्सारमा दलालको बिगबिगी रहेको स्वीकारे ।
नेपाल दुधमा आत्मनिर्भर हुनुपर्ने भन्दै उनले गतसाल असारबाट धुलो दुध आयातमा बन्द गर्यौं गरेको उनले बताए ।
कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

≪ Previous Post

जंगलमा बाटो ढुकेर पैसा लुट्ने चार जना प्रहरी फन्दामा

Next Post ≫

कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क