Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हिमचुली सहकारी द्वारा रक्तदान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हिमचुली सहकारी द्वारा रक्तदान

संसारपोस्ट संवाददाता · ८ पुष २०७६ · 0
हिमचुली सहकारी द्वारा रक्तदान
40
SHARES
ShareTweet


भैरहवा, ८ पुस । स्थापना दिवसको अवसर पारेर भैरहवा गाउँमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रगतकै अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले १३ औं स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको संस्थाका अध्यक्ष बसन्तकुमार लाल कर्णले बताउनुभयो । संंस्थाले बिभिन्न दिवसहरुको अवसर पारी समाजिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरेको अध्यक्ष कर्णले बताउनुभयो । बिरामीहरुलाई फलफुल बितरण, रक्तदान लगायत अन्य कार्यक्रमहरुमा संस्थाको सहभागिता हुने गरेको छ ।
स्थापना दिवसको अवसरमा सहकारीका सदस्य एवम अन्य स्थानीय समेत गरि २६ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपानेले मानव जिवनमा अन्य दानहरु भए पनि रक्तदानको महत्व ती सम्पूर्ण दानहरु भन्दा बढी रहेको बताउनुभयो । उहांले एक जनाले गरेको रक्तदानबाट अन्यको ज्यान जोगाउन सकिने भएकोले सक्षम ब्यक्तिलाई रक्तदान गर्न अगाडी आउन आग्रह गर्नुभयो ।
हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्तकुमार लाल कर्णको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति बेचन गुप्ताको स्वागत र सचिव अम्बिका तिवारीको सञ्चालन रहेको थियो ।

≪ Previous Post

बुटवलमा २० औ औद्योगिक व्यापार मेला, जनचेतना मुलक मोटरसाईकल र्‍याली प्रदर्शन

Next Post ≫

अदालतका दुई कर्मचारी घुस सहित अख्तियारको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क