Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा २० औ औद्योगिक व्यापार मेला, जनचेतना मुलक मोटरसाईकल र्‍याली प्रदर्शन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा २० औ औद्योगिक व्यापार मेला, जनचेतना मुलक मोटरसाईकल र्‍याली प्रदर्शन

संसारपोस्ट संवाददाता · ८ पुष २०७६ · 0
बुटवलमा २० औ औद्योगिक व्यापार मेला,  जनचेतना मुलक मोटरसाईकल र्‍याली  प्रदर्शन
130
SHARES
ShareTweet

बुटवल, ८ पुस
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु हुने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को पूर्व शन्ध्यामा जनचेतनामुलक मोटरसाईलक ¥याली प्रदर्शन गरिएको छ ।
¥यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनु भयो । उहाँले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको मेलाले यस क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान गराउने भएकाले मेलाको गरिमा कायम राख्नेगरी सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले मेलामा भएको तयारीको बारेमा जानकारी गराउँदै नयाँ मेला सञ्चालन गर्न लागिएको ठाउँपनि भएको छोटो सयमका बिच पनि तयारीका काम पुरा गरिएको बताउनु भयो ।
मेला स्थल बुटवल ११ देवीनगरबाट सुरु गरिएको जनचेतनामुलक मोटरसाईकल ¥याली योगीकुटी, राजमार्ग चौराहा, वेसक्याम्प, सिद्धेश्वर स्कुल, मिलनचोक, अस्पताललाईन, गोलपार्क, जेसीजचोक, संगमपथ ट्राफिकचोक, महेन्द्र पार्क, नेपालगञ्ज रोग हुँदै बेलबास, शान्तिचोक, बदेलपोखरी, नयाँगाउँ, तामनगर, सेमलार, मैनैया, फर्साटिकर, मोतिपुर पत्थरगंज, बुद्धनगर, देवीनगर हुँदै मेला स्थल आएर सकिएको ¥याली व्यबस्थापन उपसमितिका संयोजक करुण खनालले जानकारी गराउनु भयो ।
मेलाको तयारीको काम सबै सकिएको र बिहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तैगरी मेलाको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरी, प्रदेश सभा सदस्यहरु, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तथा पदाधिकारीहरु, समेत सहभागि हुने कार्यसम्पादन उपसमितिका उपसंयोजक हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवलको अव्यवस्थित जग्गाको तथ्याङ्क संकलन सुरु

Next Post ≫

हिमचुली सहकारी द्वारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क