Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल गोल्ड मार्ट प्रा.लि.मा नयाँ संचालक समिति चयन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल गोल्ड मार्ट प्रा.लि.मा नयाँ संचालक समिति चयन

संसारपोस्ट संवाददाता · ८ पुष २०७६ · 0
बुटवल गोल्ड मार्ट प्रा.लि.मा नयाँ संचालक समिति चयन
80
SHARES
ShareTweet

प्रयाप्तमात्रामा सुन उपलब्ध नहुदा ब्यवसाय संचालन गर्न समस्या



बुटवल, ८ पुस । बुटवल गोल्ड मार्ट प्रा.लि. बुटवल– ६, रुपन्देहीको तेस्रो साधारण सभा तथा प्रथाम अधिबेशनले प्रा. लि. को नयां संचालक समिति सर्वसम्त चयन गरेको छ ।
बुटवलमा भएको अबिधेशनले प्रा. लि. को विधान अनुसार ११ जना संचालक निर्विरोध चयन गरेको हो । नवनिर्वाचित संचालक हरुमा दिपक विश्वकर्मा, गकुल विश्वकर्मा, रामप्रसाद विश्वकर्मा चुरामणी वि क, हर्ष बहादुर विश्वकर्मा, रामलाल विश्वकर्मा, ख्याम बहादुर वि क, मिलन सुनार, ईन्द्र बहादुर वि क, प्रेम बहादुर सुनार र कृष्ण बहादुर सुनार चयन हुनुभएको निर्वाचन समितिका सदस्य बाबुराम वि क ले जानकारी दिनुभयो ।
नवनिर्वाचित संचालकहरुलाइ निर्वाचन समितिका संयोज अधिवक्ता पदम कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।


सरकारको गलत नीतिका कारण सुन आपुर्तीमा भोग्नुपरेको समस्याबाट आजित भएका बुटवलका सुन चांदी ब्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट आयात गरेको कोटाको सुनलाई ब्यवसायीहरुमाझ सहज र सरल रुपमा तिरण गर्ने उद्देश्ले बुटवल गोल्ड मार्ट कम्पनी दर्ता गरेका हुन् ।
बुटवल सुनचांँदी ब्यवसायी संघ मातहत रहेका ब्यवसायीहरुले दिपक विश्वकर्माको नेतृत्वमा एक मिति बनाई २०७३ साल फागुन ३ गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरी सरकारले कोटामा उपलब्ध गराउने सुनको परिमाण एकदमै न्युन भएकाले बुटवल नगर भित्रका ब्यवसायीहरुलाई ५ वटा ग्रुपमा विभाजन गरी चक्रिय प्रणलीमा वितरण गर्दै आईरहेको छ ।
यसअघि तेस्रो साधारण सभा तथा प्रथम अबिधेशनको उद्घाटन गर्दै जिल्ल समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले सुनचाँदी ब्यवसायीका समस्या सरकारले समाधान गर्नुपर्ने बताउनु भयो । उहांले सुनचाँदी ब्यवसायीले माग गरे अनुसार सुनको कोटा बढाउनका लागि आफ्नो तर्फवाट पहल गर्ने बताउनु भयो ।

सो अवसरमा विश्वकर्मा सञ्जालका अध्यक्ष अर्जुन रसाईली, सुनचाँदी ब्यवसायी संघ प्रदेश ५ का संयोजक प्रेम सेन्चुरी, बुटवल ५ का वडाध्यक्ष तेज प्रसाद विश्वकर्मा, गोल्ड मार्ट प्रा.लि.का सल्लाहकार जोगलाल विश्वकर्मा, सुनचाँदी ब्यवसायी संघ प्रदेश ५ का सदस्य हरिवहादुर विश्वकर्मा, विजी पेण्ट्स ग्रुपका तुलक विश्वकर्मा, तिलोत्तमा सुनचाँदी संघका पप्पु सेन्चुरी, सुनचाँदी महिला संका अध्यक्ष कमला विक, विश्वकर्मा महिला सञ्जालका अध्यक्ष ईन्दिरा खाती, सिद्धार्थनगर सुनचाँदी संघका अध्यक्ष किस्मत विश्कर्मा, बुटवलका उपाध्यक्ष मातृका गहतराज, सतमार्ग सहकारीका अध्यक्ष हरि गहतराज, सिताराम रसाईलीलगायतले सुनचाँदी ब्यवसायीले भोग्नु परेका समस्याका बारेमा आआफ्ना धारणा राख्नु भएको थियो ।
साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बुटवल गोल्ड मार्टका अध्यक्ष दिपक विश्वकर्माले सुनचाँदी ब्यवसायीलाई आवश्यक पर्ने कच्चा पदार्थ काँचोसुन प्रयाप्तमात्रामा उपलब्ध नहुनु, ब्यवसायी प्रति राज्यको अस्पष्ट नीति, अब्यवहारिक दृष्टिकोण, सुनको कोटा प्रणाली र सुनको आपुर्ती तथा वितरण कार्यविधि विभेदकारी र अपारदर्शी भएका कारण सुनचाँदी ब्यवसायी ठूलो समस्यामा परेको वताउनु भयो । उहांले यस क्षेत्रका १८० सुनचाँदी ब्यवसायिक प्रतिष्ठानहरुमा मासिक ५ किलोको अनुपातमा आउने सुनको कोटाले मात्र ब्यवसाय संचालन गर्न असम्भव रहेको वताउनु भयो । साथै उहांले यो वर्ष कम्पनीले ६१ किलो सुन आयात गरी ३१ करोड २२ लाख ६५ हजार बराबरको कारोवार गरेको जानकारी गराउनु भयो ।

≪ Previous Post

आश्रम संचालनका लागि आर्थिक संकलनमा एैक्यवद्धता

Next Post ≫

अन्नपूर्णमा नयाँ नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क