Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आश्रम संचालनका लागि आर्थिक संकलनमा एैक्यवद्धता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आश्रम संचालनका लागि आर्थिक संकलनमा एैक्यवद्धता

संसारपोस्ट संवाददाता · ८ पुष २०७६ · 0
आश्रम संचालनका लागि आर्थिक संकलनमा एैक्यवद्धता
60
SHARES
ShareTweet


बुटवल, पुस
अभिभावक बिहिन तथा असहाय बालवालिकाको लागि रुपन्देही तिलोत्तमा वडा नम्बर ६ मा अनाथ आश्रम सञ्चालन गरिएको छ ।
सडक बालवालिकादेखि अभिभावक नभएकाहरुका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो ।
अनाथ असहाय महिला कल्याण समाजद्वारा सञ्चालित आत्मशान्ति अनाथ आश्रमको सोमबार २३ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्ने राजनीतिकमी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय समाजसेवीहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्वता जनाएका छन् ।
अभिभावक बिहीन बालवालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने प्रतिवद्वता जनाएका छन ।
कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।
बालवालिकाहरुको पालनपोष्णदेखि शिक्षा, स्वास्थ्य लगायत जीवनमा आवश्यक पर्ने सबै पुरा गर्नका लागि वडाबाट बजेट छुट्टाउने अध्यक्ष न्यौपानेले बताउनु भयो । आश्रमकी अध्यक्ष मैनतादेवी भण्डारीले आश्रम तिलोत्तमा नगरपालिकाको सम्पति भएको उल्लेख गर्दै नगरपालिकाको आर्थिक भौतिक सहयोग आवश्यक रहेको बताउनु भयो ।
आश्रमको अहिले ४८ लाख अक्षयकोष रहेको र अर्को बर्ष १ करोड पुराउने बताउनु भयो । समाजको सहयोगबाट ६० लाख र आफ्नो व्यक्तिगत ४० लाख गरी १ करोड अक्ष्यकोष स्थापना गर्ने लक्ष्य पुरागर्ने मैनादेवी भण्डारीले प्रतिवद्वता जनाउनु भयो ।
कार्यक्रममा बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, एकता महिला समूहकी अध्यक्ष राममायां पौडेल, जागृति आमा समूहकी सल्लाहाकार गीता न्यौपाने, शान्ति सृजना आमा समूहकी सल्लाहाकार इश्वरीमायां अर्याल, कमल घिमिरे, सिता वास्ताकोटी लगायतले बोल्दै आश्रम सञ्चालनका लागि सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए ।
तिलोत्तमा मणिग्रामकी मैनादेवी भण्डारीको एकल प्रयासमा सञ्चालित अनाथ आश्रमबाट २५ जना बालवालिकाले उच्च शिक्षा लिएका छन् ।
विभिन्न सामाजिक संघसंस्था, आमा समूह, व्यक्तिहरुको सहयोग र आश्रम सञ्चालक मैनादेवी भण्डारीको सहयोगबाट आश्रममा ११ जना बालवालिकालाई संरक्षण गरिएको छ ।
मैनादेवी भण्डारीको अध्यक्षता र कृष्ण ढकालको सञ्चालनमा भएको कार्यक्रममा आत्मशान्ति अनाथ आश्रमले शान्ति नमूना माध्यामिक विद्यालका ५ र मेदिना आधारभूत विद्यालयका ५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र स्वीटर वितरण गरेको छ ।
आत्मशान्ति अनाथ आश्रम सञ्चालक तथा अध्यक्ष मैनादेवी भण्डारीले गत वर्षदेखि गरिव तथा जेहेन्दार विद्यार्थीलाई बार्षिक साधारण सभाको अवसरमा शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गर्न थालेकी हुन् ।

≪ Previous Post

मेला सफल बनाउने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता

Next Post ≫

बुटवल गोल्ड मार्ट प्रा.लि.मा नयाँ संचालक समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क