Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेला सफल बनाउने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेला सफल बनाउने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0
मेला सफल बनाउने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता
60
SHARES
ShareTweet


बुटवल, ७ पुस । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ यस क्षेत्रका व्यबसायिक संघसंस्थाको समेत भएको व्यबसायिक संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
मेला स्थल बुटवल ११ देवीनगर स्थित सचिवालयमा आईतबार भएको सल्लाहकार भेटघाट कार्यक्रममा व्यबसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरुले मेला सबैको साझा भएकाले सबैको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
बैठकमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले मेला नयाँ स्थानमा गर्न लागिएकोले मेलाको भन्दा पनि स्थानको प्रचार प्रसार बढी गर्नुपर्ने सुझाव दिनुभयो । मुलुकको अर्थतन्त्रको सुधारकालागि औद्योगिक विकास त्यसकालागि उद्यमशिलता प्रवद्र्धनकालागि मेला फलदायी हुने बताउँदै मुलुकको अर्थतन्त्रको सुधारकालागि मेला कोशेढुंगा भएको बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य बिमला श्रेष्ठले उद्योग बाणिज्य संघले आयोजना गरेको मेला भएपनि यो मेला सरकारकै भएको बताउनु भयो । मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै नीजि क्षेत्रले गरेको मेलालाई सरकारले अपनत्व लिएको बताउनु भयो ।
सल्लाहकार भेटघाट कार्यक्रममा मेला सञ्चालनमा अहिलेसम्म भएको प्रगति विवरण बताउँदै संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले सबैको साथ र सहयोगले मेला सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेल, औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, साना तथा घरेलु उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धिताल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष प्रविण पाठक, पश्चिम नेपाल बस व्यबसायी प्रालीका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, यातायात मजदुर तथा व्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले सुझाव सहित मेला सफल बनाउनकालागि आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष तथा समन्वय÷पूर्वाधार तथा सहभागि अनुगमन समितिका सहसंयोजक उज्जवल कसजुको धन्यवादमा भएको कार्यक्रमको सञ्चालन महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

मंगलबार प्रचारात्मक र्याली



औद्योगिक व्यापार मेला बुटवल–२०७६ को प्रचार प्रसारकालागि पूर्वसन्ध्यामा मंगलवार प्रचारात्मक जनचेतनामुलक ¥याली गरिँदै छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको प्रचार प्रसारकालागि मंगलबार जनचेतनामुलक मोटरसाईकल ¥यालीको तयारी गरिएको जनचेतना ¥याली तथा श्रव्यदृष्य एवं पार्किङ् व्यबस्थापन उपसमितिका संयोजक करुण खनालले जानकारी गराउनु भयो ।
मध्यान्न १२ बजे शुभारम्भ हुने ¥यालीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गर्नुहुनेछ । ¥यालीको शुभारम्भ पश्चात मेला स्थल देवीनगरदेखि मगरघाट पुल हुँदै मोतिपुर वेलभरीया, भाटा, मैनहीया, फर्साटिकर, हिरापुर, सेमलार, तामनगर, नयाँगाउँ हुँदै बुटवल नगर परिक्रमा गरि राजमार्ग चौराहा, मिलनचोक, होराईजन चोक हुँदै मेला स्थल पुगेर ¥याली समापन गरिने समन्वय कर्ता संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

≪ Previous Post

सेतीखोला जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता

Next Post ≫

आश्रम संचालनका लागि आर्थिक संकलनमा एैक्यवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क