बुटवल, ८ पुस
अन्नपुर्ण बहुउद्देश्यीय शहकारि सँस्था लिमिटेड बुटवलको १६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पवित्रादेवी गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा वसुन्धरा भुसाल, सचिवमा विष्णु प्रसाद पौडेल, कोषाध्यक्ष विष्णु पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा खिमराज ज्ञवाली, तिलकुमारी पाण्डे, बालकृष्ण बस्याल, विजय ज्ञवाली र हिरादेवी पाण्डे चुनिएका छन् । अधिवेशनले कमल बस्यालको संयोजकमा अरुण खनाल र मिना केसी सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।
अधिवेशनको बन्दसत्रले अध्यक्ष पवित्रादेवी गैरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको वार्षिक बजेटसहितको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । त्यसैगरी अधिवेशनले क्रृणको सीमा बढाउने, सदस्य संख्या वृद्धि गर्ने र सहकारी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने लगायतका कार्ययोजना पनि तय गरेको छ ।