Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अन्नपूर्ण सहकारीको चार करोड लगानी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्नपूर्ण सहकारीको चार करोड लगानी

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0
अन्नपूर्ण सहकारीको चार करोड लगानी
50
SHARES
ShareTweet


तिलोत्तमा, ७ पुस । अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगरले विभिन्न क्षेत्रमा करिव चार करोड रुपियाँ ऋृण लगानी गरेको छ । ३ करोड ६३ लाख ५९ हजार ९ सय ४१ रुपियाँ निक्षेप संकलन गरेको सहकारीले ३ करोड ९२ लाख २१ हजार २ सय ३८ रुपियाँ विभिन्न क्षेत्रमा ऋृण लगानी गरेको हो ।
सहकारीको सोमबार बुटवलमा आयोजित १६ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनका अवसरमा यो जानकारी दिइएको हो । सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ५३ लाख १४ हजार ३५ रुपियाँ कुल आम्दानी गरेको छ भने पाँचलाख २ हजार ४ सय ८१ रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।
साधारणसभाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले छरिएर रहेको पुँजीलाई एकीकृत सहकारी बलियो र भरपर्दो माध्यम रहेको भन्दै संस्थाको आर्थिक सवलीकरणका लागि अन्य संस्थासँग एकीकरणमा जान सुझाव दिनुभयो । अहिले एक व्यक्ति धेरैवटा सहकारीमा रहँदा त्यसले वित्तीय अनुशासनमा असर गरेको भन्दै आफ्नै पुँजी एउटै सहकारीमा लगाउन र सहकारीको माध्यमबाट आधारभूत तहका नागरिकलाई आर्थिक समृद्धिसँग जोड्न आग्रह गर्नुभयो । सहकारीमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षा तालिम जरुरी रहेको औंल्याउँदै उपप्रमुख आचार्यले जुन उद्देश्यले कर्जा लिएको हो सोही बमोजिम खर्च गर्न समेत आग्रह गर्नुभयो ।
संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार डोलराज पाण्डेले विभिन्न चुनौती पार गर्र्दै संस्था अहिलेको अवस्थामा आइपुगेको भन्दै अव सहकारीले पुँजी वृद्धि गर्ने गरी योजनाका साथ अघि बढ्ने बताउनुभयो ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष पवित्रादेवी गैरेले संस्थाको शेयर पुँजी र सदस्य थप गर्दै लैजाने र प्रतिष्पर्धी वित्तीय बजारलाई विश्लेषण गरी समयानुकुल बचत र ऋृणको व्याजदर तथा कर्जा लगानीको सिमा परिमार्जन गर्दै लैजाने बताउनुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विष्णु पौडेलले संस्थाको शेयर पुँजी हाल ६२ लाख ५२ हजार ९ सय रहेकोमा आगामी वर्ष एक करोड पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

≪ Previous Post

भारतसँग भएका सन्धि सम्झौता नेपालको अनुकुल छैनन् : सुवेदी

Next Post ≫

सेतीखोला जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क