Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हिमचुली सहकारीमा सहकारी शिक्षा तालीम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हिमचुली सहकारीमा सहकारी शिक्षा तालीम

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
हिमचुली सहकारीमा  सहकारी शिक्षा तालीम
60
SHARES
ShareTweet


भैरहवा, ५ पुस । भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी शिक्षा तथा सचेतना सम्बन्धि ३ दिने तालीम शनिबार सम्पन्न भएको छ ।
आफ्ना पदाधिकारी, सल्लाहकार तथा शेयर सदस्यहरुलाई सहकारी बारे जानकारी दिने उद्देश्यले ३ दिने तालीमको आयोजना गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिनुभयो । उहांले सहकारी बारे अहिले पनि कतिपय शेयर सदस्यहरुलाई पुरा जानकारी नभएको तथा भएकालाई पनि बिद्यमान कानूनी ब्यवस्थाहरु बारे जानकारी दिन पनि तालीमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहांले सहकारीमा आवद्ध ७ सय ३० जना सदस्यलाई नै यो तालीम प्रदान गरिने जानकारी दिनुभयो ।
बिहिबार सुरु भएको तालीम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै संस्थाका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिक, सल्लाहकार परशुराम पराजुली, लेखा समिति संयोजक चेत नारायण ज्ञवाली, प्रशिक्षार्थी श्रीराम गुप्ता, लक्ष्मी खत्री, संस्थाका शिक्षा, स्वास्थ्य तथा सरसफाई संयोजक मात्रिका प्रसाद यादवले यस्ता तालीमले सहकारीताको भावना अझै बढेर जाने कुरामा जोड दिनुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै तालीमका प्रमुख प्रशिक्षक जिल्ला सहकारी संघका कोषाध्यक्ष दामोदर पंगेनीले सहकारीको बारेमा जानकारी लिएका सदस्य भए संस्था थप बलियो हुने बताउनुभयो । उहांले तीन दिने तालीम कार्यक्रममा सहकारीको विकास संगै, यसको उद्देश्य, नेपालमा सहकारीको अवस्था, सहकारीका सिद्धान्त, सहकारी बारे बिद्यमान कानून आदिको बारेमा सहजीकरण गरेको बताउनुभयो । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षतामा सम्पन्न तालीम कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य दिपक घिमिरेले गर्नुभएको थियो । तालीममा शेयर सदस्य र संस्थाका कर्मचारी गरि ५२ जनाको सहभागिता रहेको थियो ।

≪ Previous Post

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

Next Post ≫

राममणि क्याम्पसमा विद्यार्थीलाई बधाई तथा शुभकामना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क