Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग
90
SHARES
ShareTweet


बुटवल, ५ पुस । ग्रील तथा स्टील व्यवसायीहरुले उद्योग दर्ता नगरी काम गर्ने अवैध व्यवसायलाई राज्यले नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । उद्योग दर्ता नगरी सामान्य तालिमको भरमा र झोलामा सामान लिएर घर घर पुगेर काम गर्ने ‘झोले’ व्यक्तिका कारण उद्योग सञ्चालन गरेर राज्यलाई कर तिरेका व्यवसायीहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा बोल्ने व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले सामान्य तालिमको भरमा दुई हजार भन्दा बढी कर लिएर प्रमाणपत्र दिएर झोले व्यवसाय गर्न प्रोत्साहन गरेर लाखौं रुपैयां लगानी गरेका ग्रील तथा स्टील व्यवसायीलाई संकटमा पारेको गुनासो गरे । उनीहरुले उपमहानगरले यस्तो व्यवसायीमारा नीति बन्द गर्न समेत माग गरेका छन् ।
कार्यक्रममा बोल्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले राज्यले नीतिगत भ्रष्टाचार गरेर नेपालमै तयार हुने फलामजन्य सामानको २५ प्रतिशत विदेशबाट आयात गरिरहेको आरोप लगाउनुभयो । उहांले ग्रील व्यवसायमा २० हजार जनालाई रोजगारीको अवसर रहेको तर सरकारको नीति युवाहरुलाई विदेश पलायन गर्ने रहेका कारण कामदारको अभाव भएको गुनासो गर्नुभयो । उहांले तालिम लिएर २ वर्ष काम गरेका युवालाई मात्र विदेश जान दिने नीति बनाउन माग गर्नुभयो । ग्रील व्यवसायमा नयां प्रविधि भित्राउन, बैंक ब्याज दर सहुलियत बनाउन र स्वदेशी उत्पादन प्रयोगलाई बढावा दिन सरकारसंग माग गर्नुभयो ।
संघका संस्थापक अध्यक्ष अशोक वर्माले ग्रील तथा स्टील व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न छुट्टै ग्रील जोन बनाउनुपर्ने माग गर्नुभयो । ग्रील व्यवसायको दीगो विकास र संरक्षणका लागि ग्रील जोन स्थापना अपरिहार्य रहेको भन्दै ग्रील जोन स्थापना गरी सबै व्यवसायीलाई एकत्रित गर्नसके व्यवसाय मर्यादित हुनुका साथै अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने उहांले वताउनु भयो । संघको पांचौं अधिवेशनले संघको नयां नेतृत्व चयन गर्नेछ ।
संघका जिल्ला अध्यक्ष नारायण पाठकले सरकारले लागु गर्न खोजेको भीसीटीएस ग्रील तथा स्टिल जस्ता साना व्यवसायीका हकमा लागु नगर्न र झोले व्यवसायीलाई नियन्त्रण गर्न माग गर्नुभयो ।
संघका निवर्तमान अध्यक्ष दिलबहादुर रानाले जिल्लामा करिब एक हजारको संख्यामा ग्रील, आल्मुनियम तथा स्टिल व्यवसायी रहेका र करिब चार सय जना संघमै आवद्ध भएको अवस्थामा पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रनबहादुर विश्वकर्मा, पोखरा स्टिल फेब्रिकेसनका अध्यक्ष ऋषि गिरी, संघका जिल्ला सल्लाहकार भुवन ज्ञवाली, तृतीय उपाध्यक्ष श्याम केसी, सचिव रामचन्द्र गौतम लगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

Next Post ≫

हिमचुली सहकारीमा सहकारी शिक्षा तालीम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क