Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई
80
SHARES
ShareTweet


तिलोत्तमा, ५ पुस । तिलोत्तमा नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित शून्य पोलोथिन सरसफाई अभियान अन्तर्गत शनिबार वडा नं. २ मा सघन सरसफाई गरिएको छ । सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दधिराम गौतमलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।


झण्डै दुई हजार वडाबासीको सहभागितामा छत्तीस नहर, योगीकुटी, जानकीनगर, शंकरनगर लगायत वडा नं. २ का टोल, सडक, सार्वजनिक स्थानमा सरसफाई गरिएको वडाध्यक्ष दधिराम गौतमले जानकारी दिनुभयो । शनिबारको सरसफाईबाट ५ ट्रेक्टर पालिथिन जन्य फोहार संकलन गरिएको छ ।
कार्यक्रममा वडाध्यक्ष गौतमले सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै वडाबासीलाई आग्रह गर्नुभयो । सबैको प्रयासले मात्र वडालाई सफा बनाउन सकिने बताउँदै उहाँले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई सचेत गराउनुभयो ।
तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र बनाउनका लागि ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अघि बढेको अभियान सिम नेपालको साझेदारीमा सञ्चालन भएको हो । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियन्ता एवं वातावरणविद् निपेश ढाकाले बताउनुभयो ।


तिलोत्तमा नगरपालिकाले गत साउनदेखि नैं नगर क्षेत्रमा पोलोथिन झोला निषेध गरिसकेको छ । तिलोत्तमाको यो घोषणालाई सफल कार्यान्वयनमा ल्याउन पोलिथिन शुन्य बनाउने लक्ष्यमा अघि बढेको सिम नेपालले आफ्नो अभियानको सुरुवात तिलोत्तमाबाट गरेको हो । ‘हामीहरुको उद्देश्य भनेको खेतबारी, कृषिभूमि, वनजंगल, खोलानाला, कुला, सार्वजनिक स्थान, सडकमा भएको पोलोथिनजन्य फोहोरलाई शुन्यतामा झार्ने हो ।’–अभियान्ता ढाकाको दाबी छ ।
ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमाको अभियानलाई साथ दिन ग्रीनरी नेपालका अभियन्ताहरु तिलोत्तमा आएको ढाकाले बताउनुभयो । अहिले अभियान्ताहरु पोलोथिनलाई शुन्यतामा झार्ने प्रयासका साथ तिलोत्तमाका टोल–टोलमा पुगेका छन् ।

≪ Previous Post

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

Next Post ≫

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क