Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने
50
SHARES
ShareTweet


नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ ।
नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार मञ्च साउथ एशिया कमिटिका संयोजक बृजराज कुशवाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पुस १० गते शुरु भई १२ गते सम्पन्न हुने यो अन्र्तदेशिय जल अधिकार सम्ममेलनमा भारत, नेपाल र बंगलादेशका नदी पीडित तथा जल अधिकारका अभियन्ताहरुको सहभागिता रहने छ ।
सम्मेलनमा भारतका पश्चिमी बंगाल, बिहार र उत्तर प्रदेशका विज्ञ, नदी पीडित तथा जल अधिकारका अभियन्ताहरु सहभागी हुने छन् । त्यसैगरी नेपालका पूर्वमा कमला नदी, कोशी नदी, वागमती नदी, कर्णाली नदी र महाकाली नदीका तटीय वासिन्दा तथा नेपालका नदी अधिकारकर्मी, जल अधिकारकर्मी, जल विज्ञ तथा मानव अधिकारकर्मीहरुको गरि करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ ।
पुस १० गते सुस्ता गाउँपालिका वार्ड नम्बर ५ नारायणी नदी किनार स्थित ठाढीघाटमा अन्तरदेशीय जल सम्मेलन गरिने बताईएको छ । यसैगरि दोश्रो दिन ११ गते गण्डकवासीका लागि प्रशिक्षण कार्यक्रम त्रिभुवन क्याम्पस बेलाटारीको गान्धी हलमा सञ्चालन गरिनेछ र तेश्रो दिन अर्थात अन्तिम दिन त्यसै हलमा नदी अधिकार मञ्चको घोषणा पत्र जारी गरि सम्मेलनको विधिवत रुपमा समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पानीको असमान वितरण, बाढी, डुबान कटानमा नियन्त्रणको अभाव, जल विद्युतको उत्पादनमा कमी तथा गण्डकमा बनाईएका संरचनाले पार्न थालेको दीर्घकालीन प्रभावकाबारे सम्मेलनमा ब्यापक छलफलहुने बताईएको छ ।

≪ Previous Post

सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

Next Post ≫

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क