Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट
40
SHARES
ShareTweet


बुटवल, ५ पुस । सनब्रिक ईण्डष्ट्रिज प्रालिले शुक्रबार रुपन्देहीको तिलोत्तमामा बिजनेश मिट कार्यक्रम गरेको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ३ मा उच्च गुणस्तरयुक्त ईटा उत्पादन गर्दै आएको उद्योगले आयोजना गरेको बिजनेश मिट कार्यक्रममा रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना तथा नवलपरासीको रामग्राम नगरपालिकाका प्रशासकीय प्रमुख तथा योजना प्रमुख सहित ईञ्जिनियरहरु, उद्योगका कर्मचारी तथा व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
२०६७ सालमा स्थापित उक्त उद्योगको बार्षिक २ करोड ईटा उत्पादन गर्ने क्षमता भएपनि हाल बार्षिक एक करोड ईटा मात्र उत्पादन हुँदै आएको उद्योगका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी गराउनु भयो । उक्त उद्योगमा अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, कोषाध्यक्षमा उज्जवल कसजु, तथा सदस्यहरुमा जेपी कंडेल, श्याम पराजुली, प्रकाशनारायण श्रेष्ठ, बासु श्रेष्ठ र पशुपतिप्रसाद श्रेष्ठको करिव २५ करोड लगानी रहेको छ ।
चिनियाँ प्रविधिमा आधारित उक्त उद्योगबाट हलो ब्रिक, फियर फ्रेस तथा कोरेको तीन प्रकारका ईटा उत्पादन हुँदै आएको उद्योगका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपाध्यक्ष श्रेष्ठका अनुसार उक्त उद्योगबाट उत्पादित ईटा जिल्लाका प्रतिष्ठित सरकारी, गैरसरकारी तथा नीजि पूर्वाधार निर्माणमा प्रयोग भएको छ । उद्योगबाट उत्पादित ईटा रुपन्देहीको सिद्धार्थनगरको सडक पेटीको नाली, टाईगर प्यालेस रिसोर्ट, ड्रिमल्याण्ड होटल, बुटवलको सिसिटी कलेजको भवन, लुम्बिनी मेडिकल कलेजको भवन, शंकरनगरको एसआर होटल, सिद्धिबिनायक ग्रुपद्वारा सञ्चालित उद्योग प्रतिष्ठानहरुको भवन निर्माणमा प्रयोग गरिएको सनब्रिकका कोषाध्यक्ष उज्जवल कसजुले जानकारी गराउनु भयो ।
उहाँका अनुसार बुटवलको कालिकानगर सडक छेउ नाली निर्माणमा समेत उक्त ईटाको प्रयोग गरिएको छ भने बुटवल उपमहानगरपालिकाको नयाँ बन्दै गरेको भवनमा समेत उक्त उद्योगको ईटा प्रयोग गरिएको छ । नापतौल विभागबाट गुणस्तर प्रमाणित उक्त उद्योगले रुपन्देही जिल्लामा माग भएको २४ घण्टा भित्रै डेलीभरी दिने गरेको छ ।

≪ Previous Post

सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा

Next Post ≫

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क