Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0
सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा
60
SHARES
ShareTweet


तिलोत्तमा ५ पुस । सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेपाली सस्कार, सस्कृति र मुल्य मान्यतामा कमी आएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । हिन्दु धर्ममा आधारित परम्परागत मुल्य र मान्यतालाई संरक्षण गर्ने उद्देश्यले मठ मन्दिरहरुको निर्माण गरिएपनि सो अनुसारका गतिविधि कम भएका कारण नयां पुस्तालाई आध्यात्मिक चिन्तनतर्फ आकर्षित गर्न नसकिएको उनिहरुले बताए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ तपाहा लाईनमा अवस्थित सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको छैंठौं बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले मौलिक कला संस्कृतिको जगेर्ना गर्दै परिवार र समाजमा शान्ति स्थापना गर्ने लगायतका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
साधारण सभाको उदघाटन गर्दै तिलोत्तमा– २ का वडाअध्यक्ष दधिराम गौतमले मठ मन्दिरहरु धार्मिक आस्थाका केन्द्र भएकाले यस्ता मन्दिरको संरक्षण र सम्वद्र्धन गर्दै नयाँ पुस्तालाई धार्मिक तथा आध्यात्मिक चिन्तनतर्फ आकर्षित कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा मन्दिरको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेल क्षेत्रीले मन्दिरमा नियमित धार्मिक कार्यक्रम संचालन गरिनुका साथै सामाजिक क्षेत्रमा पनि मन्दिरले योगदान पु¥याउदै आएको बताउनु भयो ।
मन्दिरका उपाध्यक्ष कमला पन्थीको स्वागत र सचिव दयानिधि पौडेलको संचालनमा भएको कार्यक्रममा पत्रकार खिमानन्द भट्टराई, जनजागृति मावि योगिकुटीका प्रधानाध्यापक टंक पौडेल, मन्दिरका संस्थापक सचिव यादवनाथ आचार्य, तिलोत्तमा २ का वडा सदस्य श्याललाल खत्री क्षेत्री, दुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राममाया पौडेल, लक्ष्मि टोल विकास संस्थाका अध्यक्ष राम प्रसाद ज्ञवाली, सिद्धेश्वरी आमा समूहका अध्यक्ष भगवती तिवारी, हिन्दु जागरण अभियानका सल्लाहकार हेमलाल घिमिरेलगायतले बोल्दै मन्दिरको विकास र मन्दिरले संचालन गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सो अवसरमा मन्दिरका नयाँ आजीवन सदस्य युवराज न्यौपाने, दिलवहादुर भट्टराई, उमाकुमारी उपाध्याय, हरिविक्रम केसी, दिनेश भट्टराई, मन्दिरका पूर्व पुजारी बलराम घिमिरे, भजन किर्तन समितिका संयोजक भविश्वर रेग्मी तथा मन्दिरमा योगदान पु¥याउनुभएका हुमनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

Next Post ≫

सनब्रिक ईण्डष्ट्रिजको बिजनेश मिट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क