Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0
नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम
60
SHARES
ShareTweet


बुटवल, ३ पुस । नवजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा अभिमुखिकरण कार्यक्रम कार्यक्रम गरिएको छ ।
गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक बिकास मन्त्री शुदर्शन बरालले प्रसुति सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री बरालले सामाजिक विकास मन्त्रालयले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो ।
प्रदेशमा प्रसुती सेवालाई प्रभावकारी बनाउनका लागि यसै बर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम प्रदान गरिने भन्दै मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा बिकास गर्ने तरिकाले सबै जिल्ला अस्पतालमा आईसियु सेवा संञ्चालको तयारी भैरहेको बताउनु भयो ।
लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले ठाउँको अभाब भएपनि अस्पतालमा आउने सबै विरामीलाइ सहज उपचारको बयवस्था मिलाईएको वताउनु भयो । डा खनालले अस्पतालबाट दिने सेवामा कुनैपनि कमिहुन नदिने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका बालरोग प्रमुख डा नेत्र रानाले अस्पतालमा नबजात शिशुको अबस्था, उपचार लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।
गोल्डेन कम्युनिटी प्लानिड म्यानेजर हनी मल्लले यो कार्यक्रम ४ प्रदेश र ३ केन्द्रिय अस्पतालमा सुरु हुने बताउनुभयो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी, गोल्डेन कम्युनिटी प्लानिडका ब्यबस्थापक रेजिना गुरुड ,लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा श्रीधर आर्चाय,डा भक्त रावत लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

Next Post ≫

सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क