Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0
राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता
70
SHARES
ShareTweet


बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला सफल बनाउनकालागि राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
मेला सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुक्रबार बसेको बैठकमा सहभागि राजनीतिक दलका नेताहरुले सरकारले गर्ने काम नीजि क्षेत्रबाट सञ्चालन हुँदै आएकाले यो मेला यहाँका राजनीतिक दलहरुको समेत गौरवको बिषय भएकाले मेलालाई सफल बनाउनकालागि राजनीतिक दलको तर्फबाट हर तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ९ देखि २३ गते सम्म बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा २० औैं संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन हुँदैछ ।
मेला सञ्चालनका बिषयमा आयोजना गरिएको बैठकमा बोल्दै नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थिले मुलुकको अर्थतन्त्रको सुदृढीकरणकालागि औद्योगिक बिकास आवश्यक रहेको र औद्योगिक बिकासकालागि हुने काममा पार्टीको पूर्ण सहयोग रहने बताउनु भयो ।
नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराईले बुटवलमा हुने मेला बुटवलबासीकै गौरव भएकाले मेला सफल बनाउने बिषयमा नेपाली काँग्रेसको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो ।
बैठकमा राजपाका बुटवल नगर अध्यक्ष राजेन्द्र अग्रहरी, राप्रपा प्रजातान्त्रिकका निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलसीराम शर्मा, राप्रकाका ईशाद आलम मियाँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हरिसुन्दर बासी, नेकपा मालेका भरत पराजुली, नेकपा क्रान्तिकारीका मानबहादुर कुवँर, नेकपा सचिवालय सदस्य सुदिप न्यौपाने लगायतले मेलालाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
बैठकमा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले उपत्यका बाहिर पहिलो पटक बुटवल उद्योग बाणिज्य संघले बुटवलमा मेला गरेर औद्योगिक प्रवद्र्धनको थालनी गरेको बताउनु भयो । बैठक संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा बसेको थियो ।

≪ Previous Post

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

Next Post ≫

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क