Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0
पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन
60
SHARES
ShareTweet


बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा आयोजना गर्न लागेको औद्योगिक व्यापार मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिक्तामा राखेको छ । पर्यटन प्रवद्र्धनकालागि संघले यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाएको छ ।
मुलुकको अर्थतन्त्रको बिकासकालागि पर्यटनलाई प्रमुख आधार मान्दै औद्योगिक ब्यापार मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्य सम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सचिवालय परिसरको पेरिफेरीमा पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन निर्माण गर्न लागिएको छ । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनकालागि निर्माण गरिने सेल्फीजोनमा भैरहवामा निर्माण हुँदैगरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल, लुम्बिनी, बुटवलको ऐतिहासिक जितगढी किल्ला, सिद्धबाबा मन्दिर, पाल्पाको ऐतिहासिक भगवती मन्दिर, भैरवस्थान मन्दिर, गुल्मी रुरु क्षेत्रको ऋषिकेश मन्दिर, अर्घाखाँचीको सुपादेउराली मन्दिर लगायतका पर्यटकीय स्थलहरु समेटिने संघका महासचिव तथा सचिवालय व्यबस्थापन समितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
पर्यटन प्रवद्र्धनकैलागि मेलाको मुल गेट अंग्रेजलाई परास्त गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा निर्माण गरिने संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल

Next Post ≫

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क