Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0
बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व
90
SHARES
ShareTweet


बुटवल, १ पुस
पर्यटन व्यवसायीहरुको संगठन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा दोस्रो सडक खाना महोत्सव आयोजना गरिदै छ ।
गतवर्ष पहिलो महोत्सवको आयोजना गरेको संघले यसवर्ष यही पुस १४ देखि १६ गतेसम्म दोस्रो सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर नौ को कालिकापथमा खाना महोत्सव सञ्चालन गरिने छ । तीन दिनसम्म चन्ले सडक खाना महोत्सवबारे मंगलबार विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समामाजिक संघसंस्थाका अध्यक्ष, स्थानीय समाजसेवी, पर्यटन व्यवसायी र टोल विकास संस्थाहरुबीच छलफल गरिएको छ । खाना महोत्वलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । खानाको माध्यमबाट बुटवललाई देश विदेशमा चिनाउने उद्वेश्यले सडक खाना महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनुभयो । छलफलमा सहभागिहरुले खाना महोत्सव मानवीय सम्वेदनासंग जोडिएकाले शुद्वता, गुणस्तरीयता, सरसफाई र उचित व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका छन् । खाना महोत्सव होटल व्यवसायी संघले आयोजना गरेपनि यसको सफता र असफलतासंग बुटवल जोडिएकाले महोत्सवलाई पूर्णरुपमा सफल बनाउन सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । छलफल कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महोत्सव सफल पार्नु सबैको साझा दायित्व भएको बताउंदै सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । स्थानीय उत्पादनलाई महोत्सवमा समावेश गराएर बुटवलको पहिचान दिन आग्रह गर्दै नागरिकको मन जित्नका लागि शर्भसुलभ र गुणस्तरीय खानाका परिकार उपलब्ध गराउनु पर्ने बताउनुभयो । उहांले महोत्सव स्थलमा नाली निर्माणको काम भैरहेकाले नालीका कारण कसैलाई समस्या नपर्ने गरी महोत्सव आयोजना गर्न आग्रह गर्नुभयो । संघका पूर्व अध्यक्ष तथा भ्रमण वर्ष २०७६ प्रदेश पांचका सहसंयोजक माधवप्रसाद नेपालले खाना महोत्सव बुटवलकै गौरव भएकाले सबै साथ सहयोग आवश्यक पर्ने बताउनुभयो । उहांले बुटवललाई चिनाउने गरी बुद्वकालिन सुजता खिर र दहीको कडी महोत्सवमा राख्नुपर्नेमा जोग दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसी, नेपाली कांग्रेस बुटवल नगर सचिव ज्योती भण्डारी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, मिलनपार्क विकास समितिका अध्यक्ष सावत्रा रेग्मी लगायतले बोल्दै महोत्सव सफलताका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । संघका अध्यक्ष समुन्द्र जीसीको अध्यक्षता र महासचिव माधवप्रसाद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यसहित संघले अग्रेजी नयां वर्षको अवसरमा दोस्रो सडक खाना महोत्सव आयोजना गरेको हो । खाना महोत्सवमा २ लाख दर्शकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने आयोजकहरुको लक्ष्य छ । मंगलबार सम्म १ सय स्टल दर्ता भैसकेको संघका महासचिव माधवप्रसाद खानालले जानकारी गराउनुभएको छ । महोत्सवको प्रदेश पांचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

≪ Previous Post

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

Next Post ≫

प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क