Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0
रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन
90
SHARES
ShareTweet

बुटवल १ पुस
रोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को सार्वजनिक सुनुवाई एवम सामाजिक परिक्षण कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र दिगो सामुदायिक विकासको निम्ति एकताको संयुक्त आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बिशेष गरि गाउँपालिकाको अहिले सम्म आफ्नै भवन नभएको बारे अधिकतम चासो राखिएको थियो । यसका साथै गाउँपालिकाको भवन सरकारले तोकेको धकधई केन्द्र भन्दा बाहिर लैजाने प्रयास भै रहेको बताउदै सेवाग्राहीले असन्तुष्टि ब्यक्त गरेको आयोजक बुद्धिराम पन्थीले बताउनु भयो ।
सेवाप्रवाहको बिषयमा गाउँपालिका गत बर्ष भन्दा अहिले राम्रो हुदै गएको पन्थीले बताउनु भयो । उहाँले ६१ प्रतिशत भन्दा बढी सेवाग्राही गाउँपालिकाको सेवाबाट सन्तुष्ट रहेको अभिमतले देखाएको बताउनु भयो । गाउँपालिकाको सेवा प्रवाह बिषयमा भन्दा पनि बिकास निर्माणका काम र राजनैतिक सहमति अनुसार काम नभएको स्थानियहरुको गुनासो बढी आएको थियो ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले आफु गाउँपालिकामा काम गर्नकै लागी आएकोले सबैको सल्लाह लिई अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । उनले सार्वजनिक सुनुवाईले गाउँपालिकालाई सुधार गर्ने बाटो देखाएकोले आफु सदैव सोही बाटोमा हिड्ने बताउनु भयो ।
गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा नम्बर १ का वडा अध्यक्ष आविद अली, २ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डे, ३ का बिर बहादुर क्षेत्री, ४ का तारानाथ यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का ईन्द्रमान चौधरी, ७ का कावा वडा अध्यक्ष दुखनी थारु, बिषयगत शाखाका प्रमुखहरु शिक्षाका रामजित प्रसाद चौधरी, स्वास्थ्यका रामनेवास चौधरी, कृषिका बृजेश मिश्र, योजनाका राजकुमार मिश्र लगायतले सेवाग्राीबाट आएको प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगरमा प्लाष्टिकजन्य फोहोर अधिक

Next Post ≫

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क