Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमा नगरमा प्लाष्टिकजन्य फोहोर अधिक
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरमा प्लाष्टिकजन्य फोहोर अधिक

संसारपोस्ट संवाददाता · १ पुष २०७६ · 0
तिलोत्तमा नगरमा प्लाष्टिकजन्य फोहोर अधिक
50
SHARES
ShareTweet

बुटवल १ पुस
सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानका क्रममा प्लाष्टिकजन्य फोहोर बढी पाइएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।
सुर्ती एवं गुट्खाका खोलहरु साना हुने भएकाले टिपेर एकीकृत गर्न पनि कठिन हुने सरसफाईका अभियन्ताहरु बताउँछन् । मंगलबार तिलोत्तमा वडा नं. ८ को शिवपुरदेखि चारनंम्बरसम्म गरिएको ५३ औं नगरस्तरीय सरसफाईमा झण्डै एक टिप्पर फोहोर संकलन भएको थियो । त्यसमा अधिकांश सुर्ती, गुट्खा, विभिन्न जङ्क फुडका खोललगायत पोलोथिनजन्य फोहोर रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
मंगलबार तिलोत्तमाका सबै वडामा क्रियाशील टोल विकास संस्थाहरुले आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् । सरसफाई अभियन्ताहरुले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् । प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानी पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरुको आग्रह छ ।
प्लाष्टिक झोलाको प्रयोग पूर्णतः रोक्दै नगरबासीमा अन्य प्लाष्टिकजन्य, नकुहिने फोहोर तोकिएको ठाउँमा मात्र फाल्ने बानीको निर्माण गरी नगरलाई सफा गराउन तिलोत्तमामा सिम नेपालले अभियान सञ्चालन गरेको छ ।
प्लाष्टिकजन्य फोहोर जथाभावी फाल्दा कृषिभूमी जर्जर बन्नुको साथै सहरी सौन्दर्य र मानव स्वास्थ्यमा प्रतिकुल असर परेकाले फोहरमैला व्यवस्थापन प्रणालीलाई थप चुस्त बनाउँदै ‘प्लाष्टिकजन्य फोहोर विसर्जन ः जभावानी होइन तोकिएको ठाउँमैं’ भन्ने ध्येयका साथ अभियान चलाइएको नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाले मंगलबार लुम्बिनी बौद्ध सर्किट सडक अन्तर्गत् शिवपुरदेखि चारनंबरसम्म गरेको नगर स्तरीय सरसफाई अभियानमा जनप्रतिनिधिहरुसहित ठूलो संख्यामा विभिन्न टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालयलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएकाले घर–आँगन, टोल, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थल सबै खुला ठाउँमा रहेको प्लाष्टिकजन्य र नकुहिने फोहोरलाई तोकेबमोजिम व्यवस्थापन गरी अबका दिनमा खुला ठाउँमा फोहोर नफाल्ने अभियानमा लाग्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभयो ।
सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै उहाँले अभियानमा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा उप–प्रमुख जागेश्वरी चौधरी, वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मालगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

≪ Previous Post

बुटवललाई पुस ५ गते सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त घोषणा गरिने

Next Post ≫

रोहिणी गाउँपालिका : बिकास निर्माणका काममा राजनैतिक सहमति छैन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क