Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता

संसारपोस्ट संवाददाता · २ पुष २०७६ · 0
प्रदेश राजधानीका लागि प्रमुख दलका शिर्ष नेताको धारणा जरुरी: सरकारका प्रवक्ता
110
SHARES
ShareTweet

बुटवल २ पुस
प्रदेश पांच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शिर्ष नेताहरुको विषय बन्नु पर्ने बताउनुभएको छ ।
प्रदेश पांचको नामाकरणको लागि कूनै समस्या नभएको तर स्थायी राजधानी तोक्नका लागि समस्या भएकाले शीर्ष नेताहरुको धारणा चाहिने बताउनुभयो । कानुन सम्बत दुइ तिहाई भएपनि स्थायी राजधानीका लागि बुटवल र दाङको विवाद भएकाले शीर्ष नेताहरुको धारणा आवश्यक परेको उहाँले बताउनुभयो ।
उहांँले हिजो निर्वाचका बेला दाङका नेताहरुले दाङ र बुटवल नजिकका नेताहरुले बुटवल स्थायी राजधानी भनेकाले अहिले समस्या परेकाले राजनीतिक निर्णय आवश्यक परेको बताउनुभयो ।
उहाँले प्रदेश नामाकरण र स्थायी राजधानी सिफारिस विशेष समितिले प्रतिवेदन बुझाई सकेको बताउंदै अब प्रदेश सभामा प्रस्तुत गरेर काम कारवाहीलाई अगाडी बढाउने बताउनुभयो ।
रिपोर्टर्स क्लवले बुधबार बुटवललमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । सर्वसम्बत बनाउने प्रयास गरिने र नभए जहां बहुमत सिद्व हुन्छ त्यही प्रदेश स्थायी राजधानी र नामाकारण गरिने मन्त्री चौधरीको भनाइ छ ।
उहांले प्रदेश पांचको स्थायी राजधानी र नामबारे मिडियाले चासो लिएको उल्लेख गर्दै मिडियाकर्मी साथिहरुलाई नढाटी भन्दा प्रदेश ३ को निर्णय भएपछि प्रदेश पांचमा निर्णय गर्नका लागि उपयुक्त हुने बताउनुभयो ।
प्रदेश पांचचमा दुर्घटना न्यूकीकरणका लागि सबै सरोकार।वालाहरुसंग छलफल गरी दुर्घनालाई जिरो गराउने गरी काम गरिने उहांको भनाइ छ ।
प्रदेश पांचको भौतिक पूर्वाधार मन्त्रालयले वजेटको ४३ प्रतिशत खर्च गर्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो – कर्मचारीको कमीले वजेट खर्चमा समस्या परेको छ ।
मन्त्री चौधरीले अहिलेसम्म १०,१२ प्रतिशत वजेट खर्च भएको जानकारी गराउंदै पुस मसान्तसम्म ४० प्रतिशत वजेट सक्ने गरी कामलाई अगाडी बढाइएको बताउनुभयो ।
प्रदेश नामाकरण र स्थायी राजधानी सिफारिस विशेष समितिका सदस्य तथा प्रदेश सांसद सहसराम यादवले सबै जिल्लाबाट राय सुझाव संकलन गरी प्रतिवेदन पेश गरिएको बताउनुभयो ।
उहांले अब स्थायी प्रदेश राजधानी नामको टुंग्ँँे लगाउने काम प्रदेश संसदको भएको बताउनुभयो ।
रिपोर्टर्स क्लवका प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

बुटवलको सडक खाना महोत्सव सफल पार्नु सवैको साझा दाईत्व

Next Post ≫

पश्चिमाञ्चल स्कुलको रजत जयन्तीका कार्यक्रम शुरु.

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क