Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकारप्रति भौतिक पूर्वाधार मन्त्री चौधरीको आक्रोस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकारप्रति भौतिक पूर्वाधार मन्त्री चौधरीको आक्रोस

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0
पत्रकारप्रति भौतिक पूर्वाधार मन्त्री चौधरीको आक्रोस
60
SHARES
ShareTweet

अनुमानको भरमा समाचार लेख्दा विश्वसनियता गुमेको दावी



श्यामलाल पोखरेल
बुटवल, ३० मंसिर । प्रदेश पाँचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले पत्रकारितामा विश्वासनियता हुनुपर्ने बताउनुभएको छ । पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वसनियता नहुने बताउनुभयो ।
मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले समाचार सत्य हुनुपर्ने बताउदै जवाफदेही पत्रकारिता हुनुपर्ने र सकारात्मक सोंचले समाचारहरु आउनुपर्ने बताउनुभयो ।
मिडियाकर्मीहरुमाथि आक्रोस पोख्दै मन्त्री चौधरीले अन्दाजको भरमा समाचार लेख्न नहुने बताउनुभयो । हल्ला र भ्रम फैलाउने समूहबाट टाढा रहेर सत्यतथ्य समाचार लेख्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले सरकारलाई सही दिशा निर्देशन गर्ने खालका समाचार लेख्नु पर्ने बताउनुभयो ।
उहांले हिजो,आज प्रदेशको राजधानी र नामाकरणको विषयमा आएका समाचारहरुमा सत्यता नभएको दावी गर्नुभयो । राजधानी र नामाकरणका विषयमा केही मिडियामा प्रकाशित र प्रशारित समाचारमा कुनै सत्यता नभएको मन्त्री चौधरीले टिप्पणि गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश पाँचको राजधानी बुटवल भन्दा बाहिर जान नसक्ने दावी गर्नुभयो । उहांले जनघनत्व र पूर्वाधार भएको ठाउंमा प्रदेशको राजधानी हुने बताउनुभयो । प्रदेशसभाको बिशेष समितिको सूचना चुहिएको भन्दै श्रेष्ठले सूचना चुहाएर भ्रम श्रृजना गर्ने काम राम्रो नभएको बताउनुभयो ।
कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक बसन्तराज खनाल, पूर्व सांसद देवेन्द्र घिमिरे, लुम्बिनी दैनिकका अध्यक्ष मोहन चापागाई, बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक विष्णु भुसाल, पत्रिकाका पूर्व सम्पादक डिआर घिमिरे, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, लेखक तथा स्तम्भकार इन्जिनियर खेटराज दाहाल लगायतले बोल्दै पत्रिकालाई व्यवस्थित र विश्वसनिय बनाउन सुझाव दिनुभएको थियो ।
मेचीकाली सन्देश प्रकाशन प्रालिहोमराज बस्यालको अध्यक्षता र विष्णु गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलबाट प्रकाशित हुंदै आएको मेचीकालीले कार्यक्रमकै अवसरमा उत्कृष्ट लेखकका रुपमा दिपक रोका, आफ्ना कर्मचारी र सम्वाददाताहरुलाई सम्मान गरेको छ ।

≪ Previous Post

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न विशेष समितिको शिफारिस

Next Post ≫

औद्योगिक व्यापार मेला–२०७६’ सुरक्षाको जिम्मा पूर्व प्रहरी सेक्युरिटीलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क