Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अनिवार्य भ्याटले ढुवानी व्यवसायी अन्यौलमा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनिवार्य भ्याटले ढुवानी व्यवसायी अन्यौलमा

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७६ · 0
अनिवार्य भ्याटले ढुवानी व्यवसायी अन्यौलमा
50
SHARES
ShareTweet

बुटवल,२९ मंसिर
राज्यको कर नीति व्यवसायी मुखि नहुंदा व्यवसायी करको मारमा परेको ट्रक व्यवसायीले गुनासो गरेका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्व व्यवसायीले सरकारले आउदो पौष १ गते देखि ढुवानीमा अनिवाय भ्याट लागु गर्ने निर्णयले व्यवसायीले यो व्यवस्था बूभ्न नसकेको र व्यवहारमा कसरी कान्र्यानवयन गर्ने भन्ने अन्यौल रहेका बताएका छन ।
एउटा ट्रक संचालन गरेको चालकले कसरी भ्याटको हिसाव राख्न सक्छ अनी हिसाव राख्न थप एउटा दक्ष कर्मचारी राख्दा कसरी व्यवसायले धान्छ भन्दै उनिहरुले सरकारले ढुवानी व्यववसायीको पेशा संकटमा पारेको गुनासो गरेका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्व व्यवसायीलाई आइतबार आयोजना गरेको कर सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी व्यवसायीले ढुवानी व्यवसायीलाई अनिवार्य भ्याट विल प्रयोग नगरे व्यवसाय संचालन गर्न नपाउने व्यवस्थाले नेपाल भरीका ढुवानी व्यवसायीले के गर्ने कसरी संचालन गर्ने भनी दुविद्धा भएको धारणा राखेका थिए ।
राज्यको कर नीति ठिक नहुंदा व्यवसायी दोहोरो करको मारमा पर्दा व्यवसाय धरासायी बनेको उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत टेक बहादुर चौधरीले ढुवानी व्यवसायीले कर तिने तरिका , हिसाव राख्ने व्यहोरा भ्याट र स्थायी लेखा नम्बर लिने तरिकाका वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । कर अधिकृत चौधरीले ढुवानी व्यवसायीले वार्षिक २० लाख भित्रको कारोवार गर्नेले स्थायी लेखा नम्बर र सो भन्दा बढीको कारोवार गर्ने अनिवार्य भ्याटमा जानु पर्ने व्यवस्था रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा व्यवसायीले भोग्नु परेका समस्याका वारेमा जिज्ञासा राखेका थिए । संघका पुर्व अध्यक्ष लोक राज पोखरेलले सरकारले ढुवानी व्यवसायीको पेशा नै संकटमा पारेको बताउदै अनिवार्य भ्याटमा जानुपर्ने व्यवस्थाले मुलुक भरी नै अन्यौल श्रृजना भएको धारणा राख्न भयो । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेले व्यवसायीको भावना अनुरुप समिति अगाडी बढने बताउदै व्यवसायीका हकहित र लगानीइको सुनिश्चित हुने सवालमा सरकार जिम्मेवार हुन आग्रह गर्नु भयो । कार्यक्रममा समितिका महासचिव जित बहादुर भाट वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की लगाएतले ढुवानी व्यवसायीको पेशा संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।

≪ Previous Post

बुटवलमा सूचना प्रविधि गोष्ठी

Next Post ≫

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न विशेष समितिको शिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क