Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लडेर घाईते हुनुभएका मसालका महामन्त्री मोहनविक्रमको अवस्था सामान्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लडेर घाईते हुनुभएका मसालका महामन्त्री मोहनविक्रमको अवस्था सामान्य

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0
लडेर घाईते हुनुभएका मसालका महामन्त्री मोहनविक्रमको अवस्था सामान्य
80
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह रुपन्देहीको बुटवलस्थित मिलनचोकमा लड्नु भएको छ । पार्टीको काम विशेषले पैदल हिड्दै गरेको अवस्थामा मंसिर २७ गते उहां लड्नु भएको हो । सडक पेटीमा लड्दा ८४ वर्षिय कम्युनिष्ट नेता सिंहको निधारमा सामान्य चोट लागेको थियो ।
अर्धभूमिगत नेता सिंह आफ्ना निकटका एकजना साथिसंगै हिड्दै गरेको अवस्थामा सडकमा लड्नु भएको बताइएको छ । बुटवलको चौराहा हस्पिटलमा सामान्य उपचार गराएपछि नेता सिंह सोही दिन नै अस्पालबाट डिस्चार्ज भएर आफन्तको घरमा जानुभएको थियो । उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार नेता सिंहको अवस्था सामान्य रहेको छ ।
नेता सिंहको आफ्नो घर नभएकाले उहां आफन्तको घरमा आरम गर्न जानुभएको पार्टी स्रोतले बताएको छ । जीवनभर बामपन्थी राजनीति गर्दै आउनुभएका नेता सिंह सामान्य भाडाको कोठामा बस्दै आउनुभएको छ ।
पार्टीको कामले बुटवल आएको अवस्थामा पार्टीकै कामको सिलसिलामा हिड्दै गर्दा नेता सिंह लडेर सामान्य घाइते हुनुभएको नेकपा मसाल रुपन्देहीका प्रवक्ता नारायण जिसीले जानकारी दिनुभयो । उपचारपछि सिंहको अवस्था सामान्य रहेको र पार्टीको नियमित काममा खटिनुभएको समेत प्रवक्ता जिसीले जानकारी गराउनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनका पुराना र पाका नेता मोहनविक्रम सिंहले व्यक्तिगत सवारीसाधन प्रयोग गर्नुहुदैन । नेता सिंह अहिले अर्धमूमिगत बनेर नेपाल कम्युनिष्ट पार्टी मसाल नामको पार्टी चलाउनु भएको छ ।
उहांले अहिलेसम्म राज्यको कुनैपनि सुविधा लिनुभएको छैन । जीवनभर कम्युनिष्ट पार्टीको राजनीति गरेर राज्यको कुनै सुविधा नलिने मध्येका एकल बृहस्पति हुनुहुन्छ नेता मोहनविक्रम सिंह ।

≪ Previous Post

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

Next Post ≫

मार्वल टायल्सको उद्योग संचालनको वातावरण मिलाईदिन सरकार संग माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क