Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0
तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई
70
SHARES
ShareTweet

बुटवल २८मंसिर
तिलोत्तमा नगरस्तरीय दोस्रो मेयर कप खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुन्दर गुरुङ र लोक थापाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा पदम थापा र थम्मन सारुको जोडीलाई उपविजेता बनाउँदै गुरुङ र थापाको जोडी प्रथम भएको हो ।
प्रथम हुने जोडीले नगद ५० हजार र दोस्रो हुनेले नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा लालमणि पन्थी र अशोक प्रधान तथा मणि राना र विष्णु थापाको जोडी तृतीय हुँदै नगद १०÷१० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छन् । प्रतियोगितामा उत्कृष्ट हुने जीवन पराजुलीले नगद ५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुस्कार प्रदान गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले मानव स्वास्थ्यमा खेलको महत्वपूर्ण भूमिका रहेको बताउँदै खेललाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले खेलाडीको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएको बताउनुभयो । नगरमा रहेका खेल मैदानहरुलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले यस कार्यमा प्रदेश र संघीय सरकारसँग समन्वय गरेर अघि बढिने प्रष्टाउनुभयो ।
तिलोत्तमा ब्याडमिण्टन क्लबको कवर्डहल तिलोत्तमा–६ दश नम्बरमा भएको प्रतियोगितामा ६५ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा एकै साथ तीन वटा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिकामा बसोबास भएका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको प्रारम्भमा नगर प्रमुख बासुदेव घिमिरे र क्लवका अध्यक्ष गोविन्द भुसालको जोडीबीच मैत्रीपूर्ण खेल भएको थियो । प्रतियोगितामा प्रमुख रेफ्री अर्जुन कार्की तथा सहायक रेफ्रीमा प्रमोद पहारी, ऋषि भण्डारी, सुदिप कंडेल रहनुभएको थियो । गत वर्ष भएको प्रथम मेयर कप ब्याडमिण्टन प्रतियोगिताको उपाधि मनिककुमार राना र सुन्दर गुरुङको जोडीले प्राप्त गरेको थियो ।

≪ Previous Post

रुपन्देहीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या, हत्या गर्ने गुरुङ पक्राउ

Next Post ≫

लडेर घाईते हुनुभएका मसालका महामन्त्री मोहनविक्रमको अवस्था सामान्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क