बुटवल २७ मंसिर
तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा ब्याडमिण्टन क्लवको सह आयोजनामा तिलोत्तमा नगरस्तरीय दोस्रो मेयरकप खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिवार हुने भएको छ ।
तिलोत्तमा ब्याडमिण्टन क्लवको कवर्ड हल तिलोत्तमा ६ दश नम्वरमा शनिबार हुने प्रतियोगितामा ४६ टिमले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, द्वितीय पुरस्कार नगद रु ३० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, तृतिय पुरस्कार नगद रु १० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड तथा उत्कृृष्ट खेलाडीका लागि नगद रु ५ हजार, मेडल, प्रमाण–पत्र र शिल्ड प्रदान गरिने क्लवका अध्यक्ष भुसालले बताउनु भयो ।
यस्तै प्रतियोगितामा भाग लिने खेलाडीहरु सबै तिलोत्तमा नगर क्षेत्र भित्रका रहेका छन । साथै पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार कर कट्टी हुने समेत क्लवले जनाएको छ । प्रतियोगिताको उदघाटन खेल तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेको जोडीर क्लवका अध्यक्ष गोविन्द्र भुसालको जोडिका बीच हुन आयोजकले जनाएका छन ।