Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७६ · 0
ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग
70
SHARES
ShareTweet

बुटवल २७ मंसिर
पेटोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीहरुले माग गरेका छन् । पश्चिमान्चल टैंकर व्यवसायी संघ रुपन्देहीको १४औं वार्षिक साधारण सभामा शुक्रवार बोल्ने टैंकर व्यवसायीहरुले भाडादर बृद्धिका लागि नेपाल आयल निगम ५ नम्वर प्रादेशिक कार्यालयमा प्रतिवेदन पेश भैसकेकाले कार्यान्वयन गर्न माग गरेका छन ।
साधारण सभामा बोल्दै संघका अध्यक्ष राकेश कुमार कसौधनले नेपाल आयल निगमले दिँदै आएको भाडादर कम भएकोले दुरी अनुसार भाडादर बृद्धि गर्न माग गर्नु भयो । अध्यक्ष कसौधनले ढुवानी र सवारी साधनहरु दुर्घटनाको वस्तुगत अध्ययन र अनुसन्धान गरी दोषीलाई कारवाही र निर्दोषले उन्मुक्ति पाउने कानुनी व्यवस्था गर्न माग गर्नु भयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेटेलियम व्यवसायीहरुलाई गुणस्तरमा शुद्धता र पुरा परिणाममा आपुर्ति गर्न सुझाव दिनु भयो । पश्चिमान्चल पेटेलियम डिलर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरेले प्रदेश ५ का ट्यांकरहरुले भारतबाट तेल आयात गरी भलबारीसम्म मात्र संचालन हुने व्यवस्थालाई परिमार्जन गरी नेपालभर ढुवानी गर्न पाउने व्यवस्थागर्न माग गर्नु भयोे । संघका प्रमुख संरक्षक चोपनारायण श्रेष्ठले व्यवस्था परिवर्तन भएपनि यातायात र ढुवानी व्यवसायीलाई परिवर्तन र राहतको अनुभुति हुन नसकेको बरु संकटमा परेको गुनासो गर्नु भयोे ।
नेपाल आयल निगम भलबारी डिपोका लेखा प्रमुख रमेश ज्ञवालीले ढुवानी भाडा बृद्धिका लागि पहल भइरहेको बताउनु भयो । उहाँले ढुवानी हुने दुरीका विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन केन्द्रमा पठाइएकाले छिटै व्यवसायीका माग सम्बोधन हुने बताउनु भयो । ज्ञवालीले ट्यांकरहरु पार्किंगका लागि पनि जग्गा व्यवस्थान भइरहेको बताउनु भयो । पुस मसान्तपछि ढुवानी भाडा भुक्तानी ंिदंदा व्यवसायीको भ्याट बिल अनिवार्य हुने व्यवस्थामा व्यवसायीका गुनासाबारे पनि छलफल गरेर टुंगोमा पुगिन बताउनु भयो ।
संघका निवर्तमान अध्यक्ष हरिबहादुर कुंवर,महासचिव भुपराज अर्याल र लुम्बिनी ट्क व्यवसायी संघका महासचिव रुमाखर गौतमले राज्यले व्यवसायीबाट कर मात्र असुल्ने र दुख दिने काम मात्रै गरेको गुनासो गर्नु भयोे । यस अघि संघको वन्दसत्रले कोषाध्यक्ष धनेन्द्र पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको संघका उपमहासचिव प्रेम घर्तीमगरले बताउनु भयो ।

≪ Previous Post

कानून फितलो हुँदा उपभोक्ताको हित संरक्षण हुन सकेन

Next Post ≫

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क