Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कानून फितलो हुँदा उपभोक्ताको हित संरक्षण हुन सकेन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कानून फितलो हुँदा उपभोक्ताको हित संरक्षण हुन सकेन

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७६ · 0
कानून फितलो  हुँदा उपभोक्ताको हित संरक्षण हुन सकेन
90
SHARES
ShareTweet

बुटवल ,२७ मंसिर
बलियो कानून नहुँदा उपभोत्ताको हित संरक्षण हुन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । फितलो कानून हुँदा उद्योगी ब्यापारिले खाद्य पदार्थमा मिसाउट गरेपनि कानूनी सजायबाट उम्कने गरेको उनिहरुले बताएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले शुक्रबार पत्रकारहरुका लागि आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धी तालिममा बोल्दै रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता लक्ष्मण घिमिरेले खाद्य ऐन फितलो हुँदा कारबाही गर्नको लागि समस्या हुने गरेको बताउँनु भएको छ । कार्यक्रममा खाद्य अपराध अनुसन्धान अभियोजन र न्याय सम्बन्धी जानकारी दिँदै उँहाले कानूनी संहितामा मिसावट गर्नेलाई ५ वर्षसम्मको कैद सजाय हुने ब्यवस्था रहेपनि कुनै खाद्य पदार्थ दूषित वा न्यूनस्तरको खाद्य पदार्थ हो वा होइन भन्ने कुराको परीक्षणको लागि प्रयाप्त मात्रामा अनुसन्धानशाला नहुँदा कारबाही प्रक्रिया रोकिने गरेको बताउँनु भएको छ । यो आर्थिक वर्षमा खाद्य मिसवट सम्बन्धीमा कुनै पनि उजुरी न्यायधिवक्ताको कार्यलयमा दर्ता हुन नसकेको उँहाले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख आनन्द डंगोलले खाद्य स्वच्छता सम्बन्धी जनचेतना फैलाउन पत्रकारको आवश्यकता रहेकोमा जोड दिनुभयो । कार्यालयका सूचना अधिकारी एवं खाद्य अनुसन्धान अधिकृत श्रवणकुमार ढुंगानाले कार्यपत्र प्रस्ततु गर्दै खाद्य पदार्थ किनमेलदेखि, भण्डारण, ओसार पोसार, पकाउने र खाँदा सम्म स्वच्छता हुन आवश्यकता रहेको बताउनु भयो । उपभोक्ता सहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताको हित संरक्षण गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान , परिक्षण र गलत गर्नेलाई बारबाही गर्नु पर्ने बताउँनु भएको छ । कार्यक्रम संयोजक पदमराज भुसालले खाद्य पदार्थको प्रयोग गर्दा स्वयम ब्यक्तिको सरसफाईमा ध्यान दिन आवश्यकता रहेकोमा जोड दिनुभयो । खाद्य पदार्थ किनमेलदेखि , भण्डारण , ओसार पोसार, पकाउने र खाँदा सम्म स्वच्छता हुन आवश्यकता रहेको बताउँनुभयो । पत्रकार खिमानन्द भट्टराईले उपभोत्तालाई स्वच्छ खानेकुरा उपभोग गर्नको लागि अधिकार रहेको बताउँदै यसको लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताउँनुभयो ।

≪ Previous Post

शाइन रेसुंगा बन्यो प्रदेश ५ को राष्ट्रियस्तरको विकास बैंक

Next Post ≫

ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क