Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुंगा बन्यो प्रदेश ५ को राष्ट्रियस्तरको विकास बैंक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुंगा बन्यो प्रदेश ५ को राष्ट्रियस्तरको विकास बैंक

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७६ · 0
शाइन रेसुंगा बन्यो प्रदेश ५ को राष्ट्रियस्तरको विकास बैंक
90
SHARES
ShareTweet

पैसा कमाउन विदेश जाने प्रवृतिको अन्त्य गरि स्वदेशमा उत्पादनशील क्षेत्रमा लगानी गर्न गर्भनरको आह्वान


बुटवल २६ मंसिर,
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन रेसुंगाले प्रदेश ५ कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्नति भएको हो । प्रदेश ५ का विभिन्न जिल्लामा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरु मिलेर राष्ट्रियस्तरको विकास बैंकको स्विकृति पाउनेमा शाइन रेसुंगा पहिलो बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता पुंजी तोकेकामा शाइन रेसुंगाको चुक्ता पुंजी दुई अर्ब ६२ करोड रहेको छ । देशभर हाल ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्र सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो । शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार शुरु गरेको थियो । बैंकको अहिले प्रदेश ५ का रोल्पा र रुकुम वाहेकका १० जिल्ला तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्ला कार्यक्षेत्र छन् । शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट यही मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्ेलले बताउनु भयो । ‘राष्ट्र बैंकको नीति अनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नतिको विन्दुमा आइपुग्यौं’–पौडेलले भन्नु भयो ।े–‘बैंकको अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको ७० वटा शाखा र एउटा एक्सटेन्सन कार्यालय छन् । प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय छन् । प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय हुने बैंक पनि शाइन रेसुंगा नै भएको छ
बैंकले हालसम्म २६ अर्ब ८२ करोड निक्षेप संकलन र २४ अर्ब १४ करोड कर्जा प्रवाह गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिनु भयो । शाइन रेसुंगा बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भएको घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले रुपन्देहीको मणिग्राममा बिहीबार साझँ एक औपचारिक समारोह बीच गर्नु भयो ।

सोअवसरमा गभर्नर डा. नेपालले पैसा कमाउन विदेश जाने प्रवृतिको अन्त्य गरि स्वदेशमा नै उत्पादनशील क्षेत्रमा लगानी गर्न आह्वान गर्नु भयो । उहाँले मुलुक भित्रै राम्रा अवसर र संभावना रहेता पनि ती अवसरलाई सदुपयोग गर्न नसक्दा सोचे अनुसारको आर्थिक उपलब्धी हासिल हुन अझै वाकी रहेको धारणा राख्नु भयो । गर्भनर डा नेपालले मुलुकमा विगत तीन वर्ष देखि आर्थिक वद्धि हुदै आएको र यस वर्ष पनि आर्थिक वृद्धि हुने धारणा राख्नु भयो । बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्टृ बैक भैरहवा का निर्देशक राजेन्द्र भटृराई, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवि आर्चाय, बैकका संचालक थानेश्वर पौडेल लगायतले वोल्दै बैकले जनताको भावनालाई ख्याल गरि लगानी गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न ३ लाख रुपैयाँको अक्ष्यकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीलाई चेक हस्तान्तरण गर्नु भएकोे छ । यस्तै मानव सेवा आश्रम बुटवललाई एक लाख पचास हजार, पाल्पाको रिव्दिकोट गाउँपालिका स्थित भवानी माविलाई एक थान ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ । यस्तै बैंकले बुटवलको राजमार्ग चौराहा र नयाँ बसपार्कमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । त्यसको व्यवस्थापन प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले बुटवलले गर्ने भएको हो ।

≪ Previous Post

नेपालमै पहिलो खोप लगाउनु पूर्व वच्चाको स्वास्थ्य परिक्षण गर्ने गाँउपालिका मायादेवी

Next Post ≫

कानून फितलो हुँदा उपभोक्ताको हित संरक्षण हुन सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क