Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७६ · 0
लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम
60
SHARES
ShareTweet


बुटवल, २४ मंसिर । हिंसा बिरुद्ध १६ दिने अभियानकै क्रममा एम्नेष्टि इन्टरनेशनल नेपाल समूह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समूहले छुट्टा छुट्टै रुपमा हिंसा बिरुद्ध सचेतना कार्यक्रम गरेका छन् ।
एम्नेष्टि इन्टरनेशनल नेपाल समूह १२ बुटवलले आईतबार बुटवलको साधना महिला बिद्यालयमा र निर्माणाधिन बुटवल महिला समूुहले बुटवल वडा नं. ९ को आमा समूहका आमाहरुलाई प्रशिक्षणात्मक सचेतना कार्यक्रम गरेको हो ।
त्यस अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व महासचिव करुण खनाल र पूर्व संयोजक तथा सल्लाहकार वरिष्ट अधिवक्ता शालिकराम वञ्जाडेले हिंसा बिरुद्धका कानुनी व्यबस्था तथा न्यूनिकरणकालागि गर्न सकिने उपायहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टिले लैंङ्गिक हिंसा पनि मानव अधिकारको आधारभूत अधिकारमा पर्ने भएकाले हिंसा बिरुद्ध सचेनामुलक कार्यक्रम गरिएको समूह १२ बुटवलकी संयोजक सरिता भारीले बताउनु भयो । त्यस्तै मानव अधिकारको प्रवद्र्धन र रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि सबै सचेत हुनु पर्ने भएकाले त्यसकैकालागि कार्यक्रम गरिएको निर्माणाधिन बुटवल महिला समूहकी संयोजक जानकी नेपालले बताउनु भयो ।
मानव अधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशन नेपाल समूह १२ बुटवल र निर्माणधिन महिला समूहले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा सोमबार साँझ बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन समेत गरिएको सहसंयोजक कबिन्द्र नेपालले जानकारी गराउनु भयो ।

≪ Previous Post

वाल श्रम मुक्त रुपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा ईटृा उद्योग सम्मानित

Next Post ≫

विधिको शासन मिच्ने अधिकार कसैलाई छैनः कानुन व्यवसायीे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क