Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वाल श्रम मुक्त रुपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा ईटृा उद्योग सम्मानित
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वाल श्रम मुक्त रुपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा ईटृा उद्योग सम्मानित

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७६ · 0
वाल श्रम मुक्त रुपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा ईटृा उद्योग सम्मानित
120
SHARES
ShareTweet

बुटवल २४ मंसिर । प्रदेश पाँच अन्तर्गत रुपन्देही र कपिलवस्तु जिल्लामा संचालित ईटृा उद्योग मध्ये १२ वटा उद्योगलाई वालश्रम मुक्त उद्योगका रुपमा सम्मान गरिएको छ ।
वेटर व्रिक नेपाल (बिबिएन)ले ईटृा उद्योगलाई वालश्रम मुक्त बनाउन विगत ६ बर्ष देखि संचालन गरेको अभियान अन्तर्गत १२ वटा उद्योग वालश्रम मुक्त भएकाले ती उद्योगहरुलाई मंगलबार रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । सो अभियान अन्तर्गत रुपन्देहीको १ र कपिलवस्तुका ३ गरि ४ वटा उद्योग पुर्ण रुपमा वालश्रम मुक्त प्रमाणिकरण भएका छन् ।
यसका लागि उद्योगहरुले ५ वटा मापदण्ड पुरा गरेको हुन पर्दछ । जसमा बालश्रम मान्य छैन, बधुवा बाध्यकारी श्रम मान्य छैन, ज्याला र कामको घण्टा, कामदारको सुरक्षा र स्वास्थ्य र अमानविय ब्यवहार वा दुब्र्यवहार मान्य छैन रहेका छन् । यी मापदण्ड पुरा गरे पछि त्यस्ता उद्योगहरु पुर्ण बालश्रम मुक्त प्रमाणिकरण गरी परियोजनाले सम्मान गर्ने गरेको छ ।


कार्यक्रममा प्रदेश पाँचका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले वालश्रम मुक्त प्रमाणिकरण भएका चार उद्योग र वालश्रम मुक्त गर्न सफल तर प्रमाणिकरण हुन वांकी ८ वटा उद्योग सहित १२ वटा उद्योगलाई सम्मान गर्नु भएको हो ।
वालश्रम मुक्त प्रमाणिकरण भएका उद्योगमा सिद्धार्थ ईटृा उद्योग रुपन्देही तथा कपिलवस्तु जिल्लाका समृद्धि ईटृा उद्योग, एनएसएस ईटृा उद्योग र सेभेन स्टार ईटृा उद्योग रहेका छन् ।
त्यसैगरि वालश्रम मुक्त गर्न सफल तर प्रमाणिकरण हुन वाँकी सम्मानित उद्योगहरुमा रुपन्देहीको सोना ईटृा उद्योग, कपिलवस्तुका लम्की ईटृा उद्योग, वुद्ध ईटृा उद्योग, आरसी ईटृा उद्योग, वौद्ध ईटृा उद्योग, ऐपोलो ईटृा उद्योग, हिमाल ईटृा उद्योग र जयसवाल ईटृा उद्योग रहेका वेटर व्रिक नेपाल (बिबिएन) परियोजनाका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी गराउनु भयो ।
यस्तै सो अवसरमा ईटृा उद्योगमा वालश्रम मुक्त गर्न र अभियानलाई सार्थक बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार हरिश ढकाल, मनोज पौडेल, हरि अधिकारी र रेनु गिरीलाई पनि सम्मान गरिएको थियो ।
नेपालमा संचालित ईटृा उद्योगहरुमा ६० प्रतिशत भन्दा बढी वालश्रमिकहको प्रयोग हुंदै आएको छ । ईटृा उद्योगमा वालश्रम प्रयोग गर्ने मुलुकको छैटौं स्थानमा नेपाल रहेको परियोजनाका निर्देशक सुरेश पण्डितले बताउनु भयो ।
उद्योगी तथा पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री गिरीले वालश्रम मुक्त प्रमाणित उद्योगको अनुगमन गरी वालश्रम दोहोरिन नदिनका लागि प्रभावकारी अनुगमनको आवश्यक्ता औंल्याउनु भयो । उहाँले ईटृा उद्योगहरुलाई वालश्रम मुक्त वनाउन पहल गरेकोमा परियोजनालाई धन्यवाद दिदै काम गर्ने दौरानमा आईपर्ने कानुनी अड्चनलाई संशोधन गर्दै सहजिकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री गिरीले परियोजनाले काम गर्दै गर्दा उद्योगीका समस्यालाई पनि ध्यान दिन जरुरी रहेको समेत बताउनु भयो ।
कार्यक्रममा परियोजनाका अध्यक्ष डा. नारायण घिमिरे, प्रदेश पाँचका प्रदेश सभा सदस्य दधिराम न्यौपाने, पुष्पा थरुनी, नेपाली काँग्रेस रुपन्देहीका उप सभापति फणिन्द्र शर्मा, ईटृा व्यवसायी डम्वर शर्मा, थानकला पौडेललगायतले वालश्रम मुक्त अभियानले उद्योगलाई सामाजिक उत्तरदायित्व वोध हुने कुरामा प्रोत्साहन मिलेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा दुर्गा अर्याल र शँकर पाण्डेले वालश्रम मुक्त ईट्टा उद्योगका लागि भएका अभियान र बजार प्रवद्र्धनका विषयमा अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

≪ Previous Post

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सार्वजनिक मानव विकास प्रतिवेदन अपुर्ण: मुख्यमन्त्री पोखरेल

Next Post ≫

लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क