Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सार्वजनिक मानव विकास प्रतिवेदन अपुर्ण: मुख्यमन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सार्वजनिक मानव विकास प्रतिवेदन अपुर्ण: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७६ · 0
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सार्वजनिक मानव विकास प्रतिवेदन अपुर्ण: मुख्यमन्त्री पोखरेल
110
SHARES
ShareTweet

बुटवल २४ मंसिर
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा तयार मानव विकास प्रतिवेदन २०१९ मंगलवार बुटवलमा सार्वजनिक गरिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमित तथ्याँकको विश्लेषण गरेर नेपालको जीवनस्तर मापन गर्न नसकिने भन्दै जारी मानव विकास प्रतिवेदन आफैमा पूर्ण नभएको बताउनु भयो । उहाँले हरेक कुरालाई निरासाका रुपमा हेर्ने हाम्रो प्रवृत्तिका कारण केही नभएको जस्तो प्रतीत भैरहेको भन्दै तर विकासका सवालमा विगत दुई वर्षको अवधीमा धेरै काम अघि बढेकोले निरास हुने कुनै आधार नभएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले पूर्वाधार विनाको विकासको उपलव्धि शून्य हुने भएकोले प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
उहाँले सडक, पुल, खानेपानी, विजुली लगायतको पूर्वाधार नभैकन विकासको कल्पना पनि गर्न नसकिने भन्दै पूर्वाधारको विकास भएमात्रै शहरलाई गाउँ र तराईलाई पहाडसम्म जोड्न सकिने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले मुलुकमा तीन तहको सरकार वनेपछि विकासले तीव्र रुप हासिल गरेको समेत बताउनु भयो ।
मूख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पहिलो वर्षलाई कानुन निर्माणको वर्षका रुपमा लिएको र दोश्रो वर्षलाई आवधीक योजना तयारीका वर्षका रुपमा लिएको भन्दै अहिले उत्पादनमा बृद्धि भएको र प्रदेशले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा प्राथमिकता दिएकोले देखिनेगरी परिणाम आउने दावी गर्नुभयो ।
जनताको स्वास्थ्य विमाले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसैगरी प्राविधिक शिक्षामा समेत प्रदेश सरकारले विशेष प्राथमिकता दिएकोले अव बेरोजगारीको दर समेत घटनेमा आफू आशाबादी रहेको भन्नुभयो ।
उहाँले जनताको आर्थिक जीवनस्तरमा सुधार भैरहेको भन्दै प्राविधिक शिक्षा, स्वास्थ्य विमा र जनतामा पछिल्लो समय भैरहेको सचेतना पहुँच बृद्धि नै कारण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका परियोजना विज्ञ बलराम पौडेलले मानव विकास प्रतिवेदनले नेपाली जनताको जीवनस्तरमा सुधार हुँदै गएको भएपनि छिटो आर्थिक बृद्धि हासिल गर्ने सवालमा भने अझै धेरै समय लाग्ने बताउनु भयो ।
युएनडिपीका प्रदेश ५ संयोजक सुदीप अर्यालले नेपाल आर्थिक र लैंगिक हिसावले समान अवस्थामा आउन अझै धेरै वर्ष लाग्ने बताउनु भयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र लुम्विनी बौद्ध विश्वविद्यालयले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका उपकुलपति ह्दयरत्न बज्राचार्यले गर्नुभएको थियो ।

≪ Previous Post

सर्बोच्च अदालतमा न्यायधीश नियुक्तिमा व्यापक चलखेल : कानुन व्यबसायी

Next Post ≫

वाल श्रम मुक्त रुपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा ईटृा उद्योग सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क