Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विधिको शासन मिच्ने अधिकार कसैलाई छैनः कानुन व्यवसायीे
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विधिको शासन मिच्ने अधिकार कसैलाई छैनः कानुन व्यवसायीे

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७६ · 0
विधिको शासन मिच्ने अधिकार कसैलाई छैनः कानुन व्यवसायीे
80
SHARES
ShareTweet


बुटवल २५ मंंसिर,
नेपालमा मानव अधिकारको अवस्था खस्किदै गएकोमा कानुन ब्यबसायीले चिन्ता ब्यक्त गरेका छन् । मानव अधिकारको सन्धीमा नेपाल पक्ष राष्ट्रभएपनि ब्यबहारिक रुपमा भने चुकेको उनीहरुको ठहर छ ।

रिपोर्टर्स क्लव प्रदेश ५ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने कानुन ब्यबसायीले नेपालमा पछिल्लो समयमा मानव अधिकार उल्लंघनका घटना बढेको भन्दै हरेक मानिसको अधिकार संरक्षणका लागि राज्यको भूमिका गहन र जिम्मेबारपूर्ण हुनुपर्नेमा जोड दिनु भएको छ ।
उनीहरुले नेपालमा गैर न्यायीक हत्या हुने गरेको भन्दै संयुत्त राष्ट्रसंघले यसलाई गम्भिरताका साथ हेर्ने गरेको समेत बताएका छन ।
नेपाल बार एशोशिएसन केन्द्रिय अध्यक्ष चण्डेश्वर श्रेष्ठले कुनैपनि अबस्थामा मानव अधिकार हननका घटनामा आफुहरु चुप लागेर नबस्ने बताउनु भयो । श्रेष्ठले भन्नु भयोे—‘कसैको पनि अधिकार खोसिएको हामीलाइ मान्य हुदैन,जनताको घरघरमा न्याय,लोकतन्त्रको अनुभुति दिलाउन राज्य जिम्मेबार हुनुपर्छ,राज्यमा कुनैपनि तानशाहले लोकतन्त्र र न्यायको बिरुद्धमा कुनै कदम चाल्नुउसैका लागि दुर्भाग्य हुन्छ ।’
‘ तीन तहका सरकार मुलुकमा भएपनि न त कानुन बनाए ,न त प्रदेशले केन्द्र र राजधानी नै तोक्न सके ,कानुनको उल्लंघन भयो ।’ उनले भने ।
बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले सरकार गलत बाटोबाट अघि बढ्न खोजेको आरोप लगाउनु भयो ।
‘,नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक सुनिल पोखरेलले मुलुकमा विधिको शासन अल्पमतमा परेको गुनासो गर्नु भयोे ।
‘गैर न्यायीक हत्या बढेका छन्,मानवअधिकार उल्लंघन ब्याप्त छ,प्रेसलाइ हस्तक्षेप गरिएको छ,सरकारले नै प्रोपोगान्डा गरिरहेकोउहाँको कथन छ ।’

डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का केन्द्रिय अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले सरकारबाट नै मानव अधिकार हनन्का घटना भएको भन्दै सरकारको आलोचना गर्नु भयो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

≪ Previous Post

लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम

Next Post ≫

मानव अधिकार सम्बन्धि राष्ट्रिय सम्मेलनद्धारा २६ बुँदे ‘बुटवल घोषणा पत्र’ जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क