Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0
पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्
110
SHARES
ShareTweet

बुटवल २२ मंसिर
ज्यानमारा सडकका रुपमा चिरपरिचित बुटवल–पाल्पा अन्तरर्गत सिद्धबाबा सडक खण्डमा एक महिना भित्र सुरुङ् मार्गको टेण्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ले बताउनु भएको छ ।
उत्तर दक्षिण तराई र पहाडलाई जोड्ने बहुप्रतिक्षित उक्त सडकमा करिव १ किलोमिटर भन्दा बढी लम्बाईको सुरुङ् मार्ग निर्माणकालागि डिपिआर निर्माणको काम पुरा भएको र एक महिना भित्रै टेण्डर आह्वान हुने मन्त्री नेम्वाङ्ले बताउनु भएको हो ।
प्रेस संगठन नेपाल रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङ्ले सुरुङ् मार्ग निर्माणकालागि लगानी सुनिश्चितता भईसकेकाले टेण्डर प्रकृया पुरा भएपछि निर्माणको काम समेत तत्कालै सुरु हुने बताउनु भयो ।
यस क्षेत्रमा भएका पूर्वाधार निर्माणको स्थलगत अवलोकनका लागि आउनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ्ले भैरहवा लुम्बिनी सडक समयमा निर्माण पुरा नगरेको भन्दै निर्माणको जिम्मा लिएको ठेक्केदार कम्पनीसंग दुई वटा पुलको ठेक्का रद्ध गर्ने समेत उहाँले जानकारी गराउनु भयो । त्यस्तै आगामी दुई वर्ष भित्रै सक्नेगरी भैरहवा लुम्बिनी सडकका ५ वटै पुललाई सडक साईजमा ४ लेनमा एक्सपान्सन गरिने उहाँले बताउनु भयो ।
उहाँले रुपन्देही, नवलपरासी र कपिलबस्तु प्रदेश पाँचका तीन जिल्लामा ७० वटा मोटरेवल पुल निर्माणाधिन रहेको र ३५ वटा पुल यसै आर्थिक वर्षमा निर्माण पुरा गर्नकालागि आयोजनाका प्रमुखहरुलाई निर्देशन गरेको जानकारी गराउनु भयो । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई मध्येनजर गरेर लुम्बिनी तथा आसपासका निर्माणाधिन सडकहरुमा यहि डिसेम्बर भित्रै धुलो नउड्नेगरी व्यबस्थापन मिलाउन निर्देशन गरेको पनि जानकारी गराउनु भयो ।
जंगलका रुख कटान तथा जग्गा प्राप्तिमा समस्या भएका कारण नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाई भएको बताउँदै ती समस्या समाधान भईसकेकाले अव निर्माणको कामले गति लिन बताउनु भयो । त्यस्तै उहाँले आगामी आर्थिक वर्षबाट पूर्वपश्चिम रेलमार्ग निर्माणको काम समेत अंगाडी बढ्नले उल्लेख गर्नुभयो ।

≪ Previous Post

नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक

Next Post ≫

लायन्स मणिमुकुन्द युथद्वारा मधुमेह र रक्तचाप शिविर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क