Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0
नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक
60
SHARES
ShareTweet

बादर हिडन नसक्ने भिरमा नेपाली सेनाद्धारा सडक निर्माण,सडक निर्माणसंगै सुत्केरी र वालवालिकाको मृत्यु दर घटदों



यमलाल भुसाल
बुटवल २२ मंसिर
बादर हिडन नसक्ने भिरमा डब्वल लैण्डको सडक निर्माण गरि गाडी गुडाउन सहज बनाएको भन्दै नेपाली सेनाले गरेको कार्यको स्थानियले प्रशंसा गरेका छन ।
कुरा हो गुल्मीको रिडी देखि बाग्लुङको मालढुगां सम्मको ८० किलोमिटरको कालिगण्डकी कोरिडोर सडक नेपाली सेनाले समयमा सम्पन्न गरेपछि स्थानियमा खुशि छाएको हो ।
विसं २०७०साल बैशाख २० गतेवाट रिडीदेखि बाग्लुङको मालढुगांसम्मको सडकको टयाक खोल्ने गरि काम शुरु गरेको नेपाली सेनाले विसं२०७४साल असौज १० गते पहिलो चरणको काम सम्पन्न गरेको हो ।
पहिलो चरणमा ५ वटा वेली वृज पुल सहितका लागि ९३ करोड लागतमा नेपाली सेनाले काम सम्पन्न गरेको सडक निर्माणमा खटिनु भएका नेपाली सेनाका प्रा. कर्नेल अवकास प्राप्त रेस्मी राज भटृराईले बताउनु भयो ।
पहिलो चरणको काम समयमा सम्पन्न गरेपछि नेपाल सरकारले उक्त सडकको स्तर वृद्धि गर्ने गरि डब्बल टयाक बनाउने र अपगे्रटीगंका लागि पुनः नेपाली सेनालाई दोस्रो चरणको काम गर्न स्वीकृत प्रदान गरेको हो । दोस्रो चरणको कामका लागि पनि करिव ९३ करोड नै लागत लाग्ने सेनाले अनुमान गरेको छ ।

दोस्रो चरणको काम विसं २०७५ बैशाखवाट शुरु गरेको र विसं २०७७ को चैत्र मसन्ता भित्रमा सम्पन्न गरि सडक विभागलाई सडक हस्तान्त्ररण गरि सक्नु पर्ने छ ।
सेनाले उक्त सडकको रिडी देखि रुद्धवेनी सम्मको ७ किलो मिटर सडक सडक विभागलाई हस्तान्त्ररण गरि सकेको र यही मंसिर महिना भित्रै रुद्धवेनी देखि अर्वेनी सम्मको २० किलो मिटर र बाग्लुङको मालढुगां देखि वलेवाससम्मको १० किलोमिटर गरि ३० किलो मिटर सडक हस्तान्त्ररण गर्ने तयारीमा रहेको प्रा. कर्नेल अवकास प्राप्त भटृराईले बताउनु भयो । नेपाली सेनाको विकास निर्माण निर्देशनालयले उक्त सडककोनिर्माण कार्य गरेको हो ।
भिरमा घास समायर जोखिमपुर्ण तरिकाले हिडडुल गर्नु पर्ने बाध्यताको अन्तसंगै, गुल्मीको अरवेनी र हरमिचौरमा तथा बाग्लुङमा उत्पादित सामान बुटवल पुराउन सहज भएको मिर्मिकास्थानिय लेखनाथ पाण्डेले बताउनु भयो ।
नेपाली सेनाले कालिगण्डकी कोरिडोर सडक निर्माण गरेपछि यस क्षेत्रमा सुत्केरी र वालवालिकाको मृत्यु दर समेत घेटेको पाण्डेले बताउनु भयो ।
पहिला सडकको अभावमा गाडी नचल्दाँ समयमा सुत्केरीलाई अस्पताल पुराउन समस्या हुने गरेकोमा सडक निर्माणले सहज वनाएको छ । त्यस्तै एशियाकै ठुलो सेतिवेडीमा रहेको शिला सालिग्रामको दर्शन गर्न आउने दर्शनाथीहरुको पनि १२ महिना भिड लाग्ने गरेको स्थानियले बताएका छन ।
कालिगण्डकी कोरिडोरको सडक गुल्मी ,बाग्लुङवाट सिधै पोखरा र एैतिहासिक चार धाम मध्येको मुक्तिनाथ धामसंग जोडिएकोले मुक्तिनाथ दर्शन गर्न जानेहरुलाई सहज हुने भएको छ । कोरिडोर सडक निर्माणले मिर्मि हरमिचौरवाट गुल्मी ,पाल्पा, पर्वत , बाग्लुङ, स्याडजा जिल्लाको सदर मुकाम जान ७० देखि ७५ किलोमिटरको दुरीमा सजिलै पुग्ने वातावरण सृजना भएको छ ।
स्थानिय जनता, जनप्रतिनिधीहरु,सवै राजनैतिक दल,संचारकर्मीहरुको सहयोग भएकै कारण व्यक्तिको जग्गामा पनि मुआव्जा दिन नपरेको र समयमा काम गर्न सकिएको निर्माणमा खटिनु भएका नेपाली सेनाका सह सेनानी शालिक राम नेपालले बताउनु भयो ।
सडकको टयाक खोल्न निकै कठिन भएकै कारण सडकको निर्माणको जिम्मा नेपाली सेनाले पाएको हो भन्दै सह सेनानी नेपालले शान्ति सुरक्षाको साथै विकास निर्माणका काममा पनि नेपाली सेना सफल रहेको प्रमाणित गरिदिएको धारणा राख्नु भयो । नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी सिताराम खड्काले शान्ति सुरक्षाका अलवा मुलुकका जटिलपूर्ण विकास निर्माणका कामदेखि विपद्को उद्धारमा सेना सदैव अग्रपंत्तीमा हुने गरेको बताउनु भयो । उहाँले नेपाली सेनाले मुलुकका थुप्रै कठिन स्थानमा गरेको विकास निर्माणका कामलाई नमुनाका रुपमा सरकारले लिनु पर्ने धारणा राख्नु भयो ।

नेपाली सेनाको आयोजनामा बुटवलमा हालै सम्मन्न रक्षा संवाददाता अभिमुखिकरण तालिमका दौरानमा नेपाली सेनाले निर्माण गदै गरेको कालिगण्डकी कोरिडोर सडकको स्थलगत अवलोकनका दौरानमा स्थानिय शान्तिदेवी शर्माले नेपाली सेनाले बनाएको वाटोको नाली र कालोपत्रे गर्ने काम पनि सेनालाई दिएमा समयमा सम्मपन्न हुने धारणा राख्नु भयो ।

≪ Previous Post

खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव

Next Post ≫

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क