Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव
80
SHARES
ShareTweet

चार जना चिकित्सक र अभिभावकलाई सम्मान



बुटवल, २१ म्ंसिर । खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सवको अवसरमा प्रतिष्ठानको सहयोगमा चिकित्सा क्षेत्रमा अध्ययनगरेका चार जना चिकित्सक र उनीहरुका अभिभावकलाई सम्मान गरिएको छ ।
शनिबार बुटवल हिलपार्कमा आयोजित प्रतिष्ठानको बार्षिकउत्सवको अवसरमा डा. नगेन्द्र श्रीस मगर, डा जमुना श्रेष्ठ, डा विविन चौधरी र डा काँशिराम विकलाइ सम्मान गरिएको हो ।
सम्मानित गुल्मी सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेकका डा. नगेन्द्र श्रीस मगरले प्रतिष्ठानको सहयोगमा युनिभर्सल मेडिकल कलेज भैरहवाबाट विडिएस अध्ययन पुरा गर्नुभएको छ । यस्तै जिल्ला गोर्खा चुवाकोट गाउँपालिका स्थायी ठेगाना भई हाल बुटवल बस्ने डा. जमुना श्रेष्ठले मणिपाल मेडिकल कलेज पोखराबाट एमविविएस उर्तिण गर्नुभएको छ ।
यसैगरी बुटवल उपमहानगरपालिका १९ मोतिपुरका डा विविन चौधरीले पाटन स्वास्थ्य प्रतिष्ठान पाटनबाट एमविविएस अध्ययन पुरा गर्नुभएको छ भने गुल्मी नेटा २ का डा. काँशिराम विकले पनि प्रतिष्ठानकै सहयोगमा आफ्नो अध्ययन पुरा गर्नुभएको छ ।
प्रतिष्ठानको सहयोगमा चिकित्सा क्षेत्रको अध्ययन गरेका चिकित्सक र उनीहरुका अभिभावकलाई सम्मान गर्दै ५ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले सामाजिक उत्तरदायित्व सम्झेर सेवा गर्नु नागरिकको दायित्व भएको बताउनुभयो । उहांले मानविय सहयोग महायज्ञमा दान दिए भन्दा पनि पुन्य हुने उल्लेख गर्दै गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि प्रदेश सरकारले छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
२०७१ सालमा स्थापना भएको खेम ओमी पुन प्रतिष्ठानले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा मासिक आर्थिक सहयोग गरेर उनिहरुको अध्यययनमा योगदान पुराउदै आएको छ । सरकारी छात्रवृत्तिमा चिकित्सा क्षेत्र अध्ययन गरिरहेका ४ जना विद्यार्थीहरुले प्रतिष्ठानको सहयोगमा अध्ययन पुरा गरिसकेका छन् भने १२ जना विद्यार्थीहरुलाई अहिले नियमित रुपमा प्रतिष्ठानले सहयोग गर्दे आएको छ ।
सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको ‘सत्प्रयास’ स्मारिकाको विमोचन समेत गरिएको थियो ।
प्रतिष्ठानको बार्षिकउत्सव तथा सम्मान कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका सह प्राध्यापक ऋषिराम भूसाल, कालिका मानवज्ञान माविका अध्यक्ष होमवहादुर गलामी, शिक्षा पत्रकार समूहका केन्द्रिय सदस्य कृष्ण मल्ल, प्रतिष्ठानका उपाध्यक्ष डा. नारायण प्रसाद पन्थ, सत्प्रयास स्मारिकाका प्रधान सम्पादक प्रेमप्रसाद तिवारी, प्रतिष्ठानका सचिव युवराज घिमिरे, सदस्य लालहरि पाण्डे लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक खेमराज पुनले एउटा नागरिकको सामाजिक उत्तरदायित्व सम्झेर प्रतिष्ठान मार्फत सहयोग गर्दै आएको बताउनु भयो । प्रतिष्ठानको अध्यक्ष ओमीकला पुनलेगरिव तथा जेहेन्दार विद्यार्थीको खुसी नै आफ्नो स्वार्थ भएको बताउनुभयो ।

≪ Previous Post

पूर्वराजा ज्ञानेन्द्रद्वारा पाल्हीभगवती मन्दिरमा पूजाआजा

Next Post ≫

नेपाली सेनाद्धारा निर्मित कालिगण्डकी कोरिडोर सडक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क