Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन
60
SHARES
ShareTweet


बुटवल, २१ मंसिर । दूरगामी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा ३ रुपन्देहीको नवौं बार्षिक साधारण सभा तथा चौथो अबिधेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
साधारण सभा तथा अधिबेशन बाट घनश्याम तिवारी पुन अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । सहकारी संस्थाको उपाध्यक्षमा युवराज न्यौपाने, सचिबमा राम बहादुर थापा, कोषाध्यक्षमा सुरेन्द्रमान बज्राचार्य तथा सदस्यहरुमा लिलावती पोख्रेल, युबराज परजुली, मिनराज भारद्वाज, कृष्णलाल भुसाल, एकनारायण काफ्ले, सनत गौतम र शालिकराम वोस्ती चयन हुनुभएको छ ।
यस्तै लेखा समिति संयोजकमा रमेश बहादुर शाही तथा सदस्यहरूमा नारायण प्रसाद भन्डारी र सूर्य पाण्डे चयन हुनुभएको छ ।


यस अघि साधारण सभाको उद्घाटन सत्रमा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष घनश्याम तिवारीले संस्थाले बचत संकलन ऋण परिचालन संगै प्रत्येक वर्ष सामाजिक कार्य अन्तर्गत एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी चारजना, ७० बर्ष माथिका जेष्ठ नागरिक र एकल महिलालाई प्रति ब्यक्ति रु एक हजार नगद सहित सम्मान गर्दै आएको बताउनु भयो ।
यस्तै शेयर सदस्य प्रसुती भएमा प्रति ब्यक्ति पोषण खर्च रु १५ हजार, शेयर सदस्यको मृत्यु भएमा रु २५ हजार शोक अनुदान र विरामी भएको हकमा रु १० हजार सम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउदै आएको उहांले जानकारी गराउनु भयो ।


यसका अलावा सहकारीका शेयर सदस्यहरुको क्षमता र नेतृत्व विकासका लागि तालिम संचालन, रक्तदान, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम समेत संस्थाले संचालन गर्दै आएको छ ।
साधारण सभामा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, सहकारीका सल्लाहकार हरिप्रसाद तिवारी, संरक्षकहरु कुमार बहादुर सिंह, भरत प्रसाद भुसाल, गोपाल खनाल, पूर्व सल्लाहकार दिपक पाण्डे, शेयर सदस्यहरु मधव पौडेल, अन्जु गौतमलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सहकारी संस्थाहरु शेयर सदस्य प्रति ईमान्दार र जवाफदेही हुनुपर्ने भन्दै सहकारीमा जम्मा भएको वचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।
सहकारीका सचिव रामबहादुर थापाको संचालन र उपाध्यक्ष विष्णु प्रसाद न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा एसईईमा उत्तिर्ण छात्र छात्रा, जेष्ठ नागरिक र एकल महिला र अशल वचत कर्तालाई नगद र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । यस्तै विभिन्न समयमा संस्थाले संचाल गरेका तालिम र रक्तदान कार्यक्रममा सहभागि शेयर सदस्यहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।
सहकारीका लेखा समिति संयोजक रमेश बहादुर शाहीले आर्थिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुंजी २ करोड ३४ लाख र १८ करोड ६९ लाख कर्जा लगानीमा रहेको जानकारी गराउनु भयो ।
१२८५ जना शेयर सदस्य रहेको सहकारीमा महिलाहरुको हभागिता बढि छ । महिला सदस्यको संख्या ७७० छ भने पुरुष सदस्यको संख्या ५१५ छ ।

≪ Previous Post

बुटवलमा जारी पुस्तक प्रदर्शनी भोली समापन हुने

Next Post ≫

पूर्वराजा ज्ञानेन्द्रद्वारा पाल्हीभगवती मन्दिरमा पूजाआजा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क