Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २१ मंसिर । भारतीय हस्तक्षेपका बिरुद्व राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गर्दै आएको छ । भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपु लेकको भूमि मिचेर नक्सा सार्वजनिक गरे लगत्तै राष्ट्रिय जनमोर्चाले बिरोधका कार्यक्रमहरु गर्दै आएको हो ।
देशभर बिरोध जुलुस, अन्तरक्रिया र सभाहरु गर्दै आएको राष्ट्रिय जनमोर्चाले शनिबार रुपन्देहीको बुटवलबाट भैरहवाको सुनौलीसम्म मोटरसाईकल र्याली निकाली बिरोध प्रदर्शन गरेको छ ।
मोटरसाइकल र्यालीपछि भैरहवामा विभिन्न राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजको सहभागितामा अन्तरक्रिया गरिएको सो पार्टीले जनाएको छ ।
अन्तक्रियामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता मनोज भट्टले कार्यपत्र प्रस्तुत गर्दै भारतीय साम्राज्यबादी सोंचका बिरुद्व नेपाली जनता एक हुनुको विकल्प नभएको बताउनुभयो ।
भारते मिचेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमिनै रहेकाले मिचिएका जमिन फिर्ता नहुंदासम्म राष्ट्रिय जनमोर्चाले संघर्ष र बिरोधका कार्यक्रमहरुलाई जारी राख्ने बताउनुभयो ।
नेपाली भूमि कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भू–भाग फिर्ता गराउने गरी पहल कदमी गर्न सरकारलार्ई आग्रह गर्नुभयो । सरकारले बोलेर मात्र नहुने बताउंदै उहांले मिचिएको भूमि फिर्ताका लागि तत्काल अन्तर्राष्ट्रिय मुद्वा बनाइ भारतसंग कुटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका केन्द्रिय अध्यक्ष विमल पोखरेलले अतिक्रमित भूमि फिर्ता गर्न विद्यार्थीले आन्दोलनलाई सशक्त बनाउने बताउनुभयो । राष्ट्रियता रक्षाका लागि अखिल छैठौंले सरकारलाई खवरदारी गर्दै देशका सबै विद्यार्थीलाई आन्दोलनमा सरिक गराउने र सरकारले सकारात्मक पहल गरे सहयोग गर्ने बताउनुभयो ।
नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जीसीले नेपाली भूमिको संरक्षण गर्न र भारतीय पक्षले मिचेको जमिन फिर्ताका लागि सरकारले अन्तर्राष्ट्रिय मुद्दा बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा मालेका पोलिटव्यूरो सदस्य गोपालमणि गौतम, नेपाली कांगे्रसका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, देशभक्त जनगणतान्त्रिक मोर्चाका रामप्रसाद शर्मा, डाक्टर गितु गिरी, विजयसागर श्रेष्ठ, राजमोका टानबहादुर केसी लगायतले बोल्दै मिचिएको सबै नेपाली भूमि फिर्ताका लागि सरकारलाई दवाव दिनुपर्ने र नेपाली जनतालाई सचेत गराउनु पर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र नेत्र आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । ¥यालीमा कालापानी, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड, मिचिएको भूमि फिर्ता गर, राष्ट्रियताको रक्षा गरौँ, हिमाल पहाड–तराई कोही छैन पराई, भारतीय साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाइएको थियो ।

≪ Previous Post

निर्वाचनमा नेकालाई पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही : सभापति देउवा

Next Post ≫

शिखर देउराली आमा समूहद्वारा असहायलाई स्वीटर वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क