Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड
90
SHARES
ShareTweet

बुटवल, २१ मंसिर
नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य बस्तुको विविधकरणमा विशेष जोड दिनुभयो । उहाँले नेपालले विश्व व्यापार संगठनको सदस्य बनेको कारण विस्तारै विदेशी बहुराष्ट्रिय कम्पनीहरुको लगानी नेपालमा बढ्दै गएको कारण उनीहरु संग प्रतिष्पर्धा गर्ने गरी सोही अनुसारको बस्तु उत्पादनमा जोड दिनुभयो ।
नेपाल डेरी एशोसीयसनको अवको ध्यान भनेको दुग्ध सृङ्गखला विकासमा हुनुपर्ने धारणा उहाँको थियो । कार्यक्रममा बोल्दै सचिव सुवेदीले दुध उत्पादन मात्रै नभएर अव दुधको विविधकरण, गुणस्तरितामा विशेष ख्याल गरी सोही अनुसारको विदेशी बस्तुहरुसंग प्रतिष्पार्धा गर्ने खालको हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘बाहिरको ल्याउनु दिदैनौ भन्दा पनि हामी उनीहरु जतिकै प्रतिष्पार्धा गर्न सक्छौं भन्ने तर्फ व्यवसायीहरुको दृढ संकलप्न हुनुपर्दछ । ’
कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रदेश ५ का प्रमुख तुल्सीराम भण्डारीले नीजि क्षेत्रको योगदान दुग्ध क्षेत्रमा महत्पूर्ण रहेको बाउनुभयो । उहाँले नेपालमा पशु विकास आयोजना लागू भएपयिछ सहकारको पैसा गाउँमा र गाउँको उत्पादन सहरमा हुने गरी विकास भएको यो योजना अहिले पनि सोहीले निरन्तरता पाएको बताउनुभयो ।
साना डेरीहरु, मझौला डेरी र ठुला डेरी गरी नेपालमा अहिले ३ प्रकारका डेरीहरु रहेको भन्दै उहाँले डेरी उद्योग सञ्चालकहरुले विशेषगरी खाद्या पद्धार्थको शुद्धता, गुणस्तरियतामा जोड दिनुपर्ने बताउनुभयो ।
बजारीकरणमा विशेष ध्यान दिनुपर्ने भन्दै भण्डारीले बजारमा जाँदा लेवलिङ्ग, मुल्य , गुणस्तरियता, लगायतमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले नीजिक्षेत्रका डेरी व्यवसायीहरु अव एक्ला एक्लै भन्दा पनि सामुहिक भावनाले विकास गरी सोही अनुसारको अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा हुने खालको दुग्धजन्य उत्पादनमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल डेरी एशोसीयसनका केन्द्रीय कोषाध्यक्ष दयानीधी भण्डारीले वित्तीय पहुँचमा किसानहरुको अहिले पनि सहभागीता न्युन रहेको भन्दै अनुदान लगायत अनुदानको ऋण प्रदानगर्दा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल डेरीएशोसीयसनका प्रदेश ५ संयोजक खिम प्रसाद भटराई(कृष्ण)ले किसानहरुको समस्या समाधानको लागि नेपाल डेरी एशोसियनसनले विशेष भुमिका खेलेको भन्दै अव एकल रुपमा नभई सामुहिक भावनाले सोही अनुसारको व्यवसाय विस्तार गर्नको लागि आफुहरु प्रतिवद्ध भएको बताउनुभयो ।

≪ Previous Post

रोटरीद्वारा ह्वीयलचियर वितरण

Next Post ≫

निर्वाचनमा नेकालाई पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही : सभापति देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क